Mega Bank

रंगना हेराथ अब बंगलादेश टिमको स्पिन प्रशिक्षक 

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०३-१२
  • |
  • 654 पटक हेरिएको

श्रीलंकाका पूर्व स्पिन बलर रंगना हेराथ बंगलादेश क्रिकेट टिमको स्पिन प्रशिक्षका नियुक्त भएका छन् ।

बंगालदेश क्रिकेट बोर्डले शनिबार श्रीलंकाका पूर्व स्पिनर हेराथ र दक्षिण अफ्रिकाका पूर्व ब्याट्सम्यान एश्वेल प्रिन्सलाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो ।

यी दुवै जनाले बंगलादेशको जिम्मबावे टूर अघि टिम सम्हालने छन् ।

हेराथले स्पिन प्रशिक्षक डेनियल भिटोरीको स्थान लिने छन् । यसैगरी प्रिन्सले जोन लुईसको स्थानमा काम गर्ने छन् ।

हेराथ आईसीसी टी २० विश्वकपसम्मका लागि बंगलादेश टिममा आवद्ध भएका हुन् ।

बंगलादेश क्रिकेट बोर्ड बीसीबीले कोभिडका कारण अहिले प्रशिक्षक पाउन मुस्किल रहेको बताउँदै यदि दुवै जनाले स्वीकार गरेमा टी २० विश्वकप पछि पनि कार्याकालको विषयमा सोँच्न सकिने बताएको छ । 


  

भर्खरै

Advertisement