Mega Bank

नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित 

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-१२
  • |
  • 738 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित भएको छ ।

नेपालले स्पेनमा खेल्ने भनिएको सिरिजि स्थगित भएपछि मंगलबारदेखि शुरु भएको बन्द प्रशिक्षण स्थगित गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । 

आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डको सिरिज जुलाई तेस्रो साताका लागि स्पेनमा तय भएको थियो ।

नामिबियामा कोरोना महामारी बढेपछि आईसीसीले स्थगित गरेको हो ।

बन्द प्रशिक्षण स्थगित गरिए पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले सानो सानो समूह बनाएर प्रशिक्षण भने दिने जनाइएको छ । 

भर्खरै

Advertisement