गोर्खा सेमिट्रिजद्वारा राखेपलाई भेन्टिलेटर सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-११
  • |
  • 991 पटक हेरिएको

गोर्खा सेमिट्रिज ट्रष्ट, हङ्गकङ्गले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ ।

ट्रष्टका तर्फबाट राखेप राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई र अधिकृत भोजानन्द राईले एक थान भेन्टिलेटर सदस्य सचिव रमेश कुमार सिलवाललाई हस्तान्तरण गरे ।

सदस्य सचिव सिलवालले उक्त भेन्टिलेटर राखेप स्वास्थ्य तथा अनुसन्धान केन्द्रका प्रमुख तीलक नेपालीलाई हस्तान्तरण गरेका थिए ।

कोभिड १९ को दोश्रो लहरका कारण नेपालीहरु प्रभावित भईरहेकोले ट्रष्ट र सामाजिक अभियन्ता युवाद्वय युकेस राई र संजय राईको पहलमा हङ्गकङ्ग र विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुको आर्थिक सहयोगमा देशका विभिन्न सामुदायिक अस्पतालका लागि सहयोग गर्ने उद्धेश्यले पचास थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गराएका थिए ।

सोही क्रममा नेपाली खेलाडी, प्रशिक्षक, कर्मचारी र खेल क्षेत्र पनि त्यसबाट प्रभावित भएका कारण राष्ट्रिय खेलकुद परिषद स्वास्थ्य तथा अनुसन्धान केन्द्रका लागि पनि एक थान भेन्टिलेटर सहयोग प्रदान गरेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey