युरो २०२० का चार उत्कृष्ट मिडफिल्डरहरु  

Kelmi

  • |
  • २०७८-०३-११
  • |
  • 4137 पटक हेरिएको

हाल भइरहेको यूरो २०२० मा हामीले थुप्रै उत्कृष्ट खेलहरु नियाल्ने मौका पाइरहेका छौं  ।  यूरो कपमा थुप्रै खेलाडीहरु आफ्नो ब्यक्तिगत उत्कृष्ट खेलको नमुना पेश गर्दै छन् । खेल र खेलाडी भन्ने बित्तिकै कुन टिमले कस्तो खेल्यो भन्ने कुरामा विचार गरिन्छ । बिशेष भूमिकामा रहने प्ले मेकरहरुले प्राय खेलमा नाम कमाउने र खेललाइ राम्रो बनाइदिने गर्छन नै ।  सिंगल प्लेयरको भूमिकाले मात्र पनि खेलमा फरक पर्ने र नतिजा तल माथी हुने गर्छ ।  फुटबल खेलमा मिडफिल्डरको  भूमिका महत्वपूर्ण हुन्छ । मिडफिल्ड भन्ने बित्तिकै मैदानको बीच भाग वा मूल भागमा रहेर प्लेमेकिङ गर्ने खेललाई नियन्त्रण गर्ने खेलाडिलाई चिनिन्छ ।  उत्कृष्ट प्रदर्शन गर्न मिडफिल्डरहरुको भूमिका निकै उत्कृष्ट हुन जरुरी पनि छ । मिडफिल्डरले खेलमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो पहिचान बनाइ रहेका हुन्छन् । केहि मिडफिल्डर अग्र पङ्क्तिसँग कसरी राम्रो तालमेल गर्ने भनेर खेलमा उपस्थित हुन्छन् भने केहि रक्षा पङ्क्तिलाई कसरी खेलमा सहयोग गर्ने भनेर खेलमा उपस्थिती जनाई रहेका हुन्छन् । अर्थात् फुटबलको भाषामा यिनलाई अटयाकिङ्ग मिडफिल्डर र डिफेन्सिभ मिडफिल्डर भन्ने गरिन्छ । यूरो २०२०मा पनि यस्तै मिडफिल्डर धेरै देख्ने अवसर जुटिरहेको छ ।  

अब कुरा गरौं यूरो २०२० का सर्बोत्कृष्ट मिडफिल्ड पार्टनरसिपको बारेमा :
इटाली :

मनुअल लोकतेल्ली र जोरजिनो :

No description available.

यी दुईबीचको तालमेल निकै लोभलाग्दो देखिएको छ । सस्सुलोबाट आफ्नो व्यवसायिक फुटबल खेल्ने लोकतेल्ली अहिले इटालीमा हिटलिष्टेड प्रोफायलमा गनिन थालेका छन् ।

लोकतेल्ली निकै राम्रो ब्याक्स टु ब्याक्स मिडफिल्डको रुपमा स्थापना भैरहेका छन् ।

युरोकपलाई हेरेर थुप्रै ठूला क्लबहरुले उनलाई आँखा लगाई रहेकाछन्  । भर्खरै २३  वर्षका लोकतेल्ली सबैका आँखा तान्न सफल भइसकेका छन् । लोकतेल्लीलाई यूरोमा साथ दिदै छन् जोरजिनो, जो आफ्नो व्यवसायिक फुटबल चेल्सीबाट खेल्ने गर्छन् ।

जोरजिनो वान टु पास खेलाउन एकदम माहिर मिडफिल्डर हुन् । यस वर्ष चेल्सीलाई च्याम्पियन्स लिग जिताउने क्रममा जोरजिनोको भूमिका निकै महत्वपूर्ण रहेको थियो । इटलियन जनताका धड्कनको रुपमा खेलिरहेका जोरजिनोले यस वर्ष लोकतेल्लीको साथ पाउदा मिडफिल्डमा निकै राम्रो खेल पस्किरहेका छन् । यी दुईको तालमेल मिलेको खण्डमा इटाली यूरोकपमा लामो रेसको घोडा बन्ने पक्का छ ।

नेदरल्याण्ड्स
जिनी विनाल्दुम र फ्रानकी डि यंग :

No description available.

यूरो कपमा नेदरल्याण्डको खेल यस पटक निकै आकर्षक भइ रहेको छ । डच टोलि ग्रुप स्टेजमा शत प्रतिशत जित निकाल्दै आघि बढेको हो । डचलाई उच्च प्रदर्शन दिने क्रममा मिडफिल्डरद्वय विनाल्दुम र डि यंगको तालमेल खुबै मिलेको देखिन्छ ।

यी दुई मिडफिल्डलाई खेलमा पकड जमाउन तथा कुन बिपक्षीसँग कसरी खेल्ने भनेर प्रस्ट रुपमा थाहा छ । विनाल्दुम यस पटक लिभरपुलमा खेल्ने भन्दा फरक भूमिकामा देखिएका छन् र त्यो भूमिकामा पनि उनी न्याय गर्न सफल रहेका छन् ।

विनाल्दुमलाई राम्रोसँग साथ दिने अर्का मिडफिल्डर हुन् फ्रानकी डि यंग जो सानै उमेरमा बार्सिलोना गएर धेरै कुरा सिक्न सफल भए । बलमा समेत राम्रोसँग पकड भएका डी यंग अहिले डच टोलीका लागि  निकै महत्वपूर्ण हिस्सा बनिरहेका छन् ।

जर्मन 
जोसुवा किम्मिच र टोनी क्रुस :

No description available.
किम्मिच र क्रुसको खेल फ्रान्ससँग केहि लटपटिएको जस्तो देखिन्थ्यो । तर पोर्तुगलसँग यी दुवैले राम्रो पुनरागमन गरेका थिए । सुरुको खेलमा राइट ब्याकबाट सुरु गरेका किम्मिच दोस्रो खेलमा पनि कागजमा राइट ब्याक नै थिए तर खेल दौरानमा उनले डिफेन्सिभ  मिडफिल्डरको भूमिका निभाए ।

पोर्चुुगलको खेलमा जर्मनी हाबी हुदा क्रुस र किम्मिचको खेल निकै उदारणीय बनेको थियो । किम्मिचले आफ्नो रक्षापङ्क्तिसँग तालमेल राम्रो मिलाएका थिए भने । क्रुस स्वतन्त्र भएर मैदानको हरेक भागमा पुगिरहेका थिए । ब्रायन म्युनिकलाई घरेलु उपाधि जिताउन सफल किम्मिच अहिले विश्वमा सबै भन्दा श्रेष्ठ मिडफिल्डर हुन भनि तर्क गरिन्छ ।

रियल म्याड्रिडका टोनी क्रुस पास निकाल्न, लङ् बल खेलाउन, मैदानको बीच भागमा बल सित जादु देखाउन चाहिएको बेलामा बललाई होल्ड गर्न खुब माहिर छन् । यी दुइको जमेको जोडी देख्दा जर्मनी यूरोमा अरु टिमभन्दा निकै राम्रो देखिएको छ र आउने दिनहरुमा पनि यी दुईको भूमिका जर्मनीका लागि निर्णायक हुनेमा दुईमत छैन ।

फ्रान्स
अन्नगोलो कान्टे र पौल पोग्बा :

No description available.
कान्टे र पोग्बा फ्रेन्च मिडफिल्डमा नङ्ग र मासु बनेर बसिरहेका छन् । फ्रान्सले कान्टे र पोग्बासंगै खेल शुरु गर्दा एक खेल पनि हारेको छैन यो टोलिका लागि ज्यादै सकारात्मक पक्ष हो । कान्टे लिगमा चेल्सीबाट खेल्ने गर्छन् र उनले यस सिजन निकै नाम कमाउन सफल भए । जब थोमस टुचेल चेल्सीमा अनुबन्धित भए उनले कान्टेको भरपुर फाइदा उठाएका छन् । कान्टे बिपक्षीबाट बल खोस्न, गोल हान्न र मिडफिल्डको सबै ठाउँमा एकै साथ भ्याउन सक्ने खेलाडी हुन् ।

कान्टेको अहिले जति तारिफ गरेपनि त्यो कम हुन्छ । पोग्बा पनि फ्रान्सबाट खेल्दा म्यानचेस्टर युनाइटेडबाट भन्दा फरक भूमिकामा देखिने गर्छन्  उनी कान्टेलाई रक्षात्मक खेल खेल्न सुझाव दिन्छन्  र आफू अगाडि बढेर खेल्छन् । यसो गर्दा पोग्बाको भूमिका फ्रान्सबाट खेल्दा निकै उत्तम देखिन्छ । पोग्बा फ्रेन्च टिमको अमूल्य खेलाडी हुन् । उनको साथी खेलाडीलाई पास मिलाउने शैली आतुलनीय रहेको छ । फ्रान्स यी दुई हिराहरुको साथमा यस यूरो कपमा अगाडि बढ्ने लक्ष्य सहित हिँडेको छ । यी दुईजनाको प्लेमेकिङलाई स्ट्राइकर केलियन एमबाप्पेको उपस्थितिले सुनमा सुगन्ध थप्ने नै छन् । विश्व बिजेता फ्रान्स यूरो कप पनि आफ्नो पोल्टामा पार्न चाहन्छ । 

यूरो कपका मिडफिल्डमा अतुलनिय जोडीहरुमध्य यी ४ जोडी निकै उत्कृष्ट देखिएका छन् । विश्व बिजेता फ्रान्सको जोडीको बाहुल्य रहेको बेलामा अरु तीनवटा जोडी पनि कम छैनन् । मिडफिल्डले नै खेलमा परिवर्तन ल्याउने भएकाले फुटबलमा मिडफिल्डरको भूमिकामा बिषेश ध्यान दिने चलन छ ।  प्रशिक्षकको रणनीति अनुसार खेल्नु पर्ने भएकाले देश र क्लबसँग फरक  भूमिकामा मिडफिल्डरहरु हुने गर्छन । यसैगरी  क्लबमा  भरपुर गोल हान्ने मिडफिल्डरले देशको लागि गोल नगर्दा उनीहरुको बारेमा निमेषभरमा एकतर्फी धारणा बनाउन भने हुँदैन ।
समग्र टिम तथा साथी खेलाडीहरु ब्यक्तिगत जीवनले गर्दा पनि कतिपय खेलाडीको फर्म कुनै बेला निरन्तर चल्ने र कुनै बेला नचल्ले पनि हुन्छ ।  उनलाई होच्याएर नराम्रो भनिहाल्न पनि मिल्दैन । खेलाडीले कतिपय अवस्थामा प्रशिक्षकको आज्ञा अनुसार खेल्नु पर्ने भएकाले भूमिकामा फरक पर्दा पनि मिडफिल्डरको खेलमा परिवर्तन आउने गर्छ । 
मिडफिल्डरबारे थप जानकारी लिन यो लिंक पनि हेर्ने की ?

 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal