कर्भडहलमा महिला भलिबल टिमको बन्द प्रशिक्षण जारी 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-११
  • |
  • 2187 पटक हेरिएको

फिलिपिन्समा आयोजना हुने एसियन महिला भलिबल च्याम्पियसिपका लागि नेपाली भलिबल टिमको बन्द प्रशिक्षण जारी रहेको छ । 

असार एक गतेदेखि शुरु भएको प्रशिक्षणमा अहिले २७ जना खेलाडी रहेका छन् । 

नेपाल भलिबल संघले ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि नेपाल प्रहरीको सांगठनिक तालिमका कारण तीन जना खेलाडी भने सहभागी भएका छैनन् ।

पुनम चन्द, शान्तिकला राई र कामना विष्ट अहिले प्रहरीको तालिममा रहेकाले भलिबलको बन्द प्रशिक्षणमा सहभागी नभएका हुन् ।

उनीहरुको ठाउँमा नयाँ खेलाडी थप गर्ने योजना पनि नरहेको भलिबल संघले जनाएको छ । 

अब २७ खेलाडीबाट छनोट गर्ने भएकाले नयाँ खेलाडी थपिने सम्भावना नरहेको हो ।

प्रशिक्षण कोरोना महामारीलाई मध्येनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर जारी राखिएको छ ।

भलिबल संघले प्रशिक्षणका लागि मुख्य प्रशिक्षकको रुपमा जगदीश भट्टलाई तोकेको छ भने सहायक प्रशिक्षकमा कुमार राई र प्रशिक्षकमा अञ्जु श्रेष्ठ रहेका छन् ।

एभीसी सेन्ट्रल जोनको उपाधि विजेता नेपाली महिला टिमले त्यतिबेला थाइल्याण्डमा तालिम गरेको थियो ।

अहिले पनि एसियन च्याम्पियनसिपका लागि वैदेशिक भूमिमा प्रशिक्षण गर्ने योजना बनाइए पनि कहाँ कसरी गर्ने भन्ने विषयमा अझैं टुंगो लागेको छैन ।

कोरोना महामारीका कारण पनि वैदेशिक प्रशिक्षण भने अन्योल रहेको बुझिएको छ । 

यो प्रतियोगिता चीनमा आयोजना गर्ने भनिए पनि चीनले आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा सारिएको हो ।

अगष्ट २९ देखि सेप्टेम्बर पाँच तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित १२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

शुरुमा १७ टिम भनिए पनि अन्तिम समयमा पाँच टिमले नाम फिर्ता लिएका थिए ।

अब खेल्ने टिमहरु 
१. फिलिपिन्स २.जापान ३. दक्षिण कोरिया ४.काजकिस्तान ५.चाइनिज ताइपेई ६. इरान ७. थाइल्याण्ड ८. अस्ट्रेलिया ९. भारत १०. हङकङ ११. नेपाल १२. थाइल्याण्ड ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey