भारतीय कप्तानबाट कोहली हट्लान त ?

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१०
  • |
  • 1438 पटक हेरिएको

हाइलाइट्स

कप्तानको रुपमा कोहली आईसीसीको उपाधि उचाल्नका लागि असफल भएकाले आउँदो टी २० विश्वकपमा रोहित शर्मालाई कप्तानी दिनुपर्ने आवाज अब क्रमश बढ्न थालेको हो ।

आईसीसीले पहिलो पटक आयोजना गरेको विश्व टेस्ट च्याम्प्यिनसिपको फाइनलमा भारत न्यूजिल्याण्डसँग ८ विकेटले पराजित भएको छ ।

शीर्ष स्थानमा रहँदै फाइनल खेलेको भारत दोस्रो स्थानमा रहेको न्यूजिल्याण्डसँग पराजित हुन पुगेको हो ।

भारतले २ वर्षअघि शुरु भएको टेस्ट च्याम्पियसिपको समूह चरणका १७ मध्य १२ टेस्ट जितेको थियो भने न्यूजिल्याण्ड ७ टेस्ट जित्दै फाइनलमा पुग्न सफल भएको थियो ।

कोरोना महामारीका कारण पनि न्यूजिल्याण्डलाई फाइदा पुगेको थियो ।

इंग्ल्याण्डको साउथ ह्याम्पटनमा भएको विश्व टेस्ट च्याम्पियनसिपमा भारतले लिएको जम्मा १३९ रनको लक्ष्य न्यूजिल्याण्डले २ विकेट गुमाएर पुरा गरेको थियो । 

फाइनलमा न्यूजिल्याण्डसँग पराजित भएपछि भारतमा फेरि एक पटक कप्तानबाट विराट कोहलीलाई हटाउनु पर्ने आवाज उठ्न थालेको छ ।

भारतीय सञ्चारमाध्यम जी न्यूजले कप्ताबाट कोहली हट्नु पर्ने समाचार प्रकाशित गरेको छ ।

न्यूजिल्याण्ड

उसले कोहलीलाई टिमबाट हटाएर सिमित ओभरका उप कप्तान रहेका रोहित शर्मालाई कप्तानी दिनुपर्ने खबर प्रकाशित गरेको हो ।

भारतीय टिमका पूर्व विकेट किपर तथा पूर्व सेलेक्टर किरन मोरेले इंग्ल्याण्ड सिरिज पछि भारतीय टिममा परिवर्तन देखिने भविष्यवाणी गरेका थिए ।

महेन्द्रसिंह धोनी पछि सबै फर्म्याटको कप्तान बनेका कोहलीलाई पहिलो पटक आईसीसीको ठूलो टुर्नामेन्टको उपाधि जित्ने अवसर रहेको थियो ।

तर त्यसमा उनी पुरै असफल भएका छन् । ६ दिनसम्म चलेको खेलमा बर्षा बाधक बनेपनि समग्रमा तीन दिनमै उनको टिम पराजित बन्न पुग्यो ।

कप्तानको रुपमा कोहलीको टिम पहिलो पटक आईसीसीको टुर्नामेन्टमा पराजित भएको भने होइन ।

यसअघि २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा भारत पाकिस्तानसँग पराजित भएको थियो ।

त्यतिबेला पनि कोहली नै कप्तान थिए ।

यसैगरी पछिल्लो विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डसँगै पराजित हुँदा उनी नै कप्तान थिए ।

कप्तानको रुपमा कोहली आईसीसीको उपाधि उचाल्नका लागि असफल भएकाले आउँदो टी २० विश्वकपमा रोहित शर्मालाई कप्तानी दिनुपर्ने आवाज अब क्रमश बढ्न थालेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey