स्विडेन र स्पेन युरोकपको नकआउट चरणमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०९
  • |
  • 1202 पटक हेरिएको

हाइलाइट्स

स्पेन समुह ई को विजेतका रुपमा युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा स्पेनले स्लोभाकियालाई पाँच शुन्यको भारी अन्तरले हरायो । 

स्पेन समुह ई को विजेतका रुपमा युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा स्पेनले स्लोभाकियालाई पाँच शुन्यको भारी अन्तरले हरायो । 

३० औं मिनेटमा  मार्टिन डुब्राक्काले आत्मघाती गोल गरेपछि स्पेनले खेलमा अग्रता बनायो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा स्पेनले अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि एमिरिक लार्पोटेले गोल गरे । 

पहिलो हाफमा दुर्इृ शुन्यको अग्रता बनाएको स्पेनले ५६ औं मिनेटमा अन्तर तीन शुन्यमो पुर्यायो । उसका लागि पाब्लो सराबियाले गोल गरे । ६७ औं मिनेटमा फरान टोरेसले गोल गर्दै टिमको अन्तर चार शुन्यमा पुर्याए । 

७१ औं मिनेटमा स्लोभाकियाले अर्को उपहार गोल दियो । उसका जुराज पुस्काले बल क्लियर गर्दा आफ्नै पोष्टमा गोल गरे । 

यस्तै स्विडेनले पोल्याण्डलाई तीन दुईले हराउँदै अन्तिम १६ मा पुग्यो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey