टेष्ट च्याम्पियनसिप फाइनलः भारतद्वारा न्यूजिल्याण्डसामु मात्र १३९ रनकाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०९
  • |
  • 1022 पटक हेरिएको

हाइलाइट्स

बर्षाले दुई खेल हुन नसकेको फाइनलमा भारतले दोस्रो पारीमा निरिह ब्याटिङ गर्यो । 

विश्व टेष्ट च्याम्पियनसिपको फाइनल जित्नका लागि न्यूजिल्याण्डले एक सय ३९ रनको लक्ष्य पाएको छ ।

बर्षाले दुई खेल हुन नसकेको फाइनलमा भारतले दोस्रो पारीमा निरिह ब्याटिङ गर्यो । 

साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो पारीमा दुई सय १७ रन बनायो ।

जवाफमा न्यूजिल्याण्डले पहिलो पारीमा दुई सय ४९ रन बनाउँदा ३२ रनको अग्रता लिएको थियो । 

त्यसपछि दोस्रो पारी सुरु गरेको भारत मात्र १७० रनमा समेटियो ।

भारतका लागि ऋषभ पन्तले ४१ रन बनाउँदा चेतेश्वर पुजारा र अजिन्क्या राहानेले समान १५–१५ रन बनाए । 

यस्तै कप्तान विराट कोहलीले १३ रन बनाउँदा रविन्द्र जडेजाले १६ रन थपे ।

भारतलाई दोस्रो पारीमा सस्तैमा समेट्नका लागि टीम साउथीले चरा तथा ट्रेन्ट बोल्टले तीन विकेट लिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey