उपचारपछि झन शसक्त र उत्कृष्ट तरिकाले मैदानमा फर्किनेछु-सावित्रा भण्डारी

चोट बोकेपछि जीवनमा फिजियो कतिको महत्वपुर्ण हो भन्नेमा प्रष्ट भए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०९
  • |
  • 1589 पटक हेरिएको

हाइलाइट्स

उपचारका लागि दोहा जानु अगाडी नेप्लेजसँगको कुराकानीमा सावित्राले यस्तो अवसर दिलाएकोमा एन्फालाई धन्यवाद दिइन । साथै उनले यो उपचारपछि झन शसक्त रुपमा मैदानमा फर्किने आशामा रहेको बताइन । घुँडाको एसीएलमा चोट बोकेकी सावित्रा करिव नौ महिना मैदान बाहिर हुने संभावना रहेको छ । 

नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी लामो प्रयासपछि कतारको दोहामा घुँडाको उपचारका लागि शनिबार जाने भएकी छिन । राष्ट्रिय महिला लिगका बेला नेपाल पुलिस क्लवसँगको खेलमा चोट बोकेकी सावित्रा त्यसपछि मैदान बाहिर रहेकी छिन । करिव चार महिना देखि उपचारका लागि एन्फासँग गुहार गरेकी सावित्राले अन्तिममा विश्वस्तरीय उपचार पाउने भएकी हुन । 

उपचारका लागि दोहा जानु अगाडी नेप्लेजसँगको कुराकानीमा सावित्राले यस्तो अवसर दिलाएकोमा एन्फालाई धन्यवाद दिइन । साथै उनले यो उपचारपछि झन शसक्त रुपमा मैदानमा फर्किने आशामा रहेको बताइन । घुँडाको एसीएलमा चोट बोकेकी सावित्रा करिव नौ महिना मैदान बाहिर हुने संभावना रहेको छ । 

उनले आफुले चोट बोकेपछि अझै धेरै कुरा बुझ्ने मौका पाएको र माया गर्नेको पनि निकै साथ पाएको बताइन । उनले चोट बोकेपछि फिजियो के हो भन्ने कुरा राम्रोसँग बुझेको बताइन । साथै उनले खेलाडी जीवनमा आफुलाई फिट राख्नका लागि कतिको महत्वपुर्ण हुँदो रहेछ भन्नेपनि आफुले बुझेको बताइन । 

बाँकी भिडियोमा

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey