हामेस एभर्टन छाेड्न तयार

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०९
  • |
  • 979 पटक हेरिएको

हाइलाइट्स

एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले छोडेर रियलमा गएपछि हामेसलाई पनि विभिन्न क्लवबाट अफर आइरहेको र उनी एभर्टन छोड्न तयार रहेको बताइएको छ ।

एभर्टनका मिडफिल्डर हामेस रोद्रिगुइज क्लव छोड्न तयार रहेका छन ।

एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले छोडेर रियलमा गएपछि हामेसलाई पनि विभिन्न क्लवबाट अफर आइरहेको र उनी एभर्टन छोड्न तयार रहेको बताइएको छ ।

कोलम्बियन खेलाडी हामेस गत सिजनमा मात्र रियलबाट एभर्टनमा आएका थिए । तर उनले एभर्टनमा आएर राम्रो प्रदर्शन गरेपछि फेरी उनको डिमान्ड बढेको छ । 

२९ बर्षे हामेसको एन्सेलोटिसँग निकै राम्रो सम्बन्ध रहेको र उनी रियलमा गएपछि फेरी रियलसँग नाम जोडिएको छ ।

एभर्टनलाई पनि मोटो तलव दिनका लागि निकै कठिन भइरहेको र विचमा उनी टिमबाट खेल्न नसक्दापनि तलव दिनुपर्ने भएकाले झन दबाव बढेको हो । 

हामेसलाई एट्लेटिको मड्रिड, नापोली र एसी मिलानले पनि सम्पर्क गरेको बताइएको छ । एन्सेलोटी बाहिरीएपछि एभर्टनले नयाँ प्रशिक्षकको खोजिमा रहेको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal