विकाश खवासको घुँडाको सफल शल्यक्रिया
- नेप्लेज
- |
- २०७८-०३-०९
- |
- 666 पटक हेरिएको
हाइलाइट्स
उनको आज बी एण्ड बी अस्पतालमा शल्यक्रिया भएको हो ।
नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर विकाश खवासको घुँडाको सफल शल्यक्रिया भएको छ । उनको आज बी एण्ड बी अस्पतालमा शल्यक्रिया भएको हो ।
फिफा विश्वकप छनौट अन्तर्गत विकाशको घुँडामा चोट लागेको थियो । जसका कारण उनको एसीएलमा चोट लागेको थियो ।
उनी नेपाल फर्किएको एक सातापछि बी एण्ड बी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो ।
त्रिभुवन आर्मीका डिफेन्डर समेत रहेको विकाश जोर्डनविरुद्धको खेलमा घुँडामा चोट बोक्न पुगेका थिए । सो खेलमा नेपाल तीन शुन्यले पराजित भएको छ । खवास अब मैदानमा फर्किनका लागि नै महिनाको समय लाग्ने बताइएको छ ।
उनको शल्यक्रियाको घाँउ निको भएपछि फिजियो थेरापी गर्नुपर्नेछ । जसका कारण उनले आसन्न ए डिभिजन लिग भने खेल्न नपाउने पक्का भएको छ ।