खेलाडी मात्र होइन, याे क्षेत्रका ब्यक्तिहरुको पनि 'मेन्टालिटी' परिवर्तन हुनुपर्छ-अब्दुल्लाह

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०९
  • |
  • 3587 पटक हेरिएको

हाइलाइट्स

अब्दुल्लाहले नेपालले खेल्ने शैलीमा नै त्रुटी रहेको र त्यो विस्तारै परिवर्तन हुने बताए । 

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबललाई सुधार्ने हो भने खेलाडीको मात्र होइन, फुटबल क्षेत्रमा रहेका ब्यक्तिहरुको पनि मेन्टालिटी परिवर्तन गर्नुपर्ने बताएका छन ।

फिफा विश्वकप छनौट र इराकसँगको मैत्रीपुर्ण खेलमा नेपालको प्रदर्शनका बारेमा बोल्ने क्रममा अब्दुल्लाहले नेपालले खेल्ने शैलीमा नै त्रुटी रहेको र त्यो विस्तारै परिवर्तन हुने बताए । 

यसका साथै अब्दुल्लाहले हाम्रो अबको लक्ष्य साफ च्याम्पियनसिपको फाइनलमा पुग्नु रहेको बताएका छन । एन्फाको मिडिया टिमसँग कुरा गर्दै अब्दुल्लाहले यदि फुटबललाई राम्रो बाटोमा लिने हो भने फुटबलसँग सम्बन्धित सबैको मेन्टालिटीलाई परिवर्तन गर्नुपर्ने धारणा राखे । 

उनले एशियन कप छनौट भन्दा अगाडी नेपालको मुख्य लक्ष्य साफ च्याम्पियनसिप रहेको र सो प्रतियोगिताको फाइनलमा पुगेर नयाँ इतिहास बनाउने बताए । 

अब्दुल्लाहले साफ र एशियन कपको तेस्रो चरणको छनौटका लागि पहिलो राउण्डमा ५० खेलाडीलाई प्रशिक्षणमा बोलाइसकेका छन । जसका लागि उनले असार १६ गतेबाट प्रशिक्षण सुरु गराउने भएका छन । 

हेरौ बाँकी भिडियोमा

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey