एम्बाप्पेकाे नयाँ सम्झाैता पीएसजीकाे टाउकाे दुखाई बन्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०९
  • |
  • 995 पटक हेरिएको

हाइलाइट्स

उनको पीएसजीसँगको सम्झौता सकिन १२ महिना बाँकी रहेको बेला उनले अझैपनि नयाँ सम्झौताका विषयमा क्लवसँग मानिरहेका छैनन् ।

पछिल्लो पटक खेल र पेरीस सेन्ट जर्मेन छोड्ने कुराले निकै चर्चामा रहेका खेलाडी हुन केलियन एम्बाप्पे । यो खेलाडी स्थानान्तर समयमा फेरी पनि एम्बाप्पेको चर्चा चुलिएको छ ।

उनको पीएसजीसँगको सम्झौता सकिन १२ महिना बाँकी रहेको बेला उनले अझैपनि नयाँ सम्झौताका विषयमा क्लवसँग मानिरहेका छैनन् । क्लवले एम्बाप्पेलाई राख्नका लागि अझै प्रयासरत छ भने उनलाई भित्र्याउनका लागि स्पेनीस क्लव रियल मड्रिड आँखा गाँडेर बसिरहेको छ । 

एम्बाप्पेले पीएसजीसँग यसअघि नै क्लव छोड्नु कुरा बताइसकेका छन । तर यता अरु क्लवले उनलाई तिर्न सक्ने रकमको जुगाड गर्नु नै मुख्य चुनौती रहेको पत्रकार डेनीयल रियोलोले बताएका छन । 

पीएसजीका मालिक खलिफाले उनलाई कुनैपनि हालतमा क्लवमा राख्ने चाहना राखेका छन । तर एम्बाप्पेले नयाँ सम्झौता नगर्दासम्म उनको भविष्य पीएसजीमा अनिश्चित नै रहेको छ । जुन क्लवका लागि ठूलो चिन्ताको विषय बनेको छ । 

अब के एम्बाप्पे युरोकप सकिएपछि आफ्नो निर्णय गर्लान त भन्ने मुख्य प्रश्न रहेको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey