ब्राजिलकाे जितकाे यात्रामा बाधक बन्ने लक्ष्यमा काेलम्बिया

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०८
  • |
  • 1613 पटक हेरिएको

हाइलाइट्स

साविक बिजेता ब्राजिल र कोलम्बियाले प्रतियोगिता सुरुवात जितका साथ गरेका थिए । ब्राजिलले शतप्रतिशत जितको यात्रा कायमै राखेको छ । 

कोपा अमेरिकामा चिरप्रतिद्धन्द्धी ब्राजिल र कोलम्बिया भिड्दैछन् । खेल नेपाली समय अनुसार बुधबार बिहान पौने ६ बजे ओलम्पिक रंगशालामा हुनेछ ।  

साविक बिजेता ब्राजिल र कोलम्बियाले प्रतियोगिता सुरुवात जितका साथ गरेका थिए । ब्राजिलले शतप्रतिशत जितको यात्रा कायमै राखेको छ । तेस्रो खेलसम्म आइपुग्दा उसले सात गोल गरेको छ भने अघिल्लो दुई खेलमा क्लिन सिट राख्न सफल भएको छ ।

यता कोलम्बियाले  भने त्यसपछिको दुई खेलमा बराबरी र पराजय ब्येहोरेको छ । उसले तालिकामा तल्लो स्थानमा रहेका टिमसँग पनि राम्रो प्रदर्शन गर्न नसकेको हो । ब्राजिल विरुद्धको खेलमा टिममा केही परिवर्तन गरिने कोलम्बियाका प्रशिक्षक रिनाल्डो रोइडाले बताएका छन् ।

कोलम्बियाका केही खेलाडी र अफिसियलहरुमा कोरोना संक्रमण देखिएकाले प्रदर्शनमा एक रुपता नआएको उनको भनाइ छ । यता ब्राजिलका मुख्य स्ट्राइकर तथा कप्तान नेइमार सहित थियागो शिल्भा, कासमिरो , रिर्चालिशन जस्ता खेलाडीलाई निरन्तरता दिने प्रशिक्षक टाइटले बताएका छन् ।

यस्तै इक्वेडर र पेरु पनि आजै प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार बिहानको पौने चार बजे हुनेछ । पेरु लगातार दोस्रो जितमा खोजीमा छ भने इक्वेडर पहिलो अंक जोड्ने लक्ष्यमा छ ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey