घुँडाको शल्यक्रियाका लागि सावित्रा शनिबार दोहा जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०८
  • |
  • 1035 पटक हेरिएको

हाइलाइट्स

घुँडाको चोटका कारण पछिल्लो पटक मैदान बाहिर रहेकी भण्डारीको उपचार अखिल नेपाल फुटबल संघले कतार फुटबल संघको सहयोगमा उनको दोहामा रहेको एपेस्टरमा गराउन लागेको हो ।

नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी घुँडाको उपचारका लागि जुन २६ मा कतार जाने भएकी छिन । 

घुँडाको चोटका कारण पछिल्लो पटक मैदान बाहिर रहेकी भण्डारीको उपचार अखिल नेपाल फुटबल संघले कतार फुटबल संघको सहयोगमा उनको दोहामा रहेको एपेस्टरमा गराउन लागेको हो ।

सावित्राको सबै खर्च एपेस्टरले ब्यहोर्ने भएको छ । एपीएफकी स्ट्राइकर सावित्रा राष्ट्रिय महिला लिगमा नेपाल पुलिसविरुद्धको खेलमा चोट बोक्न पुगेकी थिइन । उनको दाँया घुँडामा चोट लागेको थियो, तर पछि स्क्यान गर्दा एपीएलमा चोट लागेको र शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । 

त्यसपछि एन्फाले कतार फुटबलसँग एपेस्टरमा उनको उपचारका लागि पहल गरेको थियो । जसका लागि उनी जुन २६ अर्थात शनिबार दोहा जाने भएकी छिन । 

यसअघि पुरुष खेलाडी विमल घर्तिमगर र विमल घर्तिमगरेको पनि सोहि ठाँउमा शल्यक्रिया भएको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey