ओलम्पिक डेका अबसरमा ठाउँ ठाउँमा कार्यक्रम

राजेन्द्र र ईन्द्रले जिते भेट्रान्स टेबल टेनिस

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०८
  • |
  • 1128 पटक हेरिएको

हाइलाइट्स

  • पदाधिकारीको उपाधि दिनेशलाई 
  • ओलम्पिक डे २०२१ का अवसरमा विविध कार्यक्रम जारी
  • ओलम्पियनबीच मैत्रीपूर्ण टेबलटेनिस
  • भर्चुअल नृत्य प्रतियोगिता

राजेन्द्र बज्राचार्य र ईन्द्र शेखर खड्काले ओलम्पिक डे को अवसरमा आयोजित भेट्रान्स टेबल टेनिसको उपाधि जितेका छन् ।

राजेन्द्रले ४५ बर्ष माथिको प्रतियोगितामा सुमन शाक्यलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

सुशील बज्राचार्य र अमिर बज्राचार्यले तेश्रो स्थान प्राप्त गरे ।

यस्तै ५५ बर्ष माथिको स्पर्धामा ईन्द्रले नेपाल टेलिभिजनका मनोहरी थापालाई पराजित गर्दै उपाधि जितेका छन् ।

तेश्रो स्थानमा प्रकाश धाख्वा र सरदमान श्रेष्ठ रहे ।

बिजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल  टेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले मेडल तथा पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा ४५ खेलाडीहरुले सहभागिता रहेको संघका उपाध्यक्ष एवं काठमाण्डौं जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।

पदाधिकारीको उपाधि दिनेशलाई 
नेपाल लनटेनिस संघले ओलम्पिक डे मनाउने क्रममा पदाधिकारीकाबीचमा पनि टेनिस प्रतियोगिता गराएको थियो ।

प्रतियोगितामा दिनेश तुलाधरले पहिलो स्थान हात पारे । दोश्रो स्थानमा राजु श्रेष्ठ रहे ।

यस्तै विकाश जंगबहादुर राणा र केशवराज पाण्डे तेश्रो भए । बिजयी सवै संघका उपाध्यक्षहरु हुन् ।

बिजयीहरुलाई ओलम्पिक डे का संयोजक एवं स्पोर्टस् फर अलका अध्यक्ष बिष्णु गोपाल श्रेष्ठले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

ओलम्पिक डे २०२१ का अवसरमा विविध कार्यक्रम जारी

आधुनिक ओलम्पिकको जन्मदिनको अवसरमा नेपाल ओलम्पिक कमिटिको आयोजना तथा स्पोर्टस् फर अलको संयोजनमा विविध कार्यक्रम भईरहेको छ ।

पाँच दिनसम्म नेपालका बिभिन्न ठाउँमा खेलाडी, खेल प्रशिक्षक, राष्ट्रिय संघ, स्कुल, तथा विभिन्न क्षेत्रले विभिन्न कार्यक्रमको आयोजना गरि ओलम्पिक डे मनाउँदै आएका छन् ।

ओलम्पियनबीच मैत्रीपूर्ण टेबलटेनिस
ओलम्पियन संघको आयोजनमा ओलम्पियनबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो । जसमा सफल श्रेष्ठले पहिलो स्थान हात पार्न सफल भए ।

ओलम्पिक कमिटिको केन्द्रिय कार्यालयमा भएको प्रतियोगितामा भारोत्तोलनका कमल अधिकारी दोश्रो भए । यस्तै राजन श्रेष्ठ र टिकाराम श्रेष्ठ संयुक्तरुपमा तेश्रो भए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

भर्चुअल नृत्य प्रतियोगिता

ललितपुर हात्तिबनस्थित लिटल एञ्जल्स स्कुलले ओलम्कि डे मनाउने क्रममा भर्चुअल नृत्य प्रतियोगिताको आयोजना गरेको थियो ।

जसमा रिशु गोलाले प्रथम स्थान हात पार्न सफल भएकी थिईन् । यस्तै फेविना गुरुङ्ग द्वितीय, एरोहिया तृतीय र रिविका मानन्धर चतुर्थ भएका थिए ।

पोखरामा पनि मनाईयो ओलम्पिक डे
ओलम्पिक डे मनाउने क्रममा पोखरामा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ ।

त्यसै क्रममा पोखरास्थित नौलो घुम्ती नेपालद्वारा संचालित पुरुष लागुपदार्थ परामर्श, उपचार तथा पुनस्थापना केन्द्र धारापानी १८ पोखरामा कर्मचारी तथा सेवार्थीहरुकोबीच खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।

जसमा रुपक थापा पहिलो, पुजन मल्ल दोश्रो, सफल गुरुङ्ग तेश्रो भए । प्रतियोगितामा करिव ४५ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रमको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ्गले निर्णायक केशवराम श्रेष्ठलाई बल तथा ब्याट हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

चित्रकला प्रतियोगिता

यसैगरी संस्कार पाठशाला दाङ्ग तुलसीपुरले पनि ओलम्पिक डे मनाउने क्रममा बिद्यार्थीहरुकाबीच चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो ।

भर्चुअल प्रतियोगितामा १६ बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रिस्कुलले पनि मनायो ओलम्पिक डे

प्रिस्कुलले विभिन्न स्कुलका बालबालिकाहरुलाई समावेश गर्दै भर्चुअल माध्ययमले विभिन्न कार्यक्रको आयोजना गर्दै ओलम्पिक डे मनाएको छ ।

जसमा ५५ स्कुलका १२०० बालबालिकाले ओलम्पिक डेमा समावेश हुँदै विविध कार्यक्रमा सरिक भए । जसमा नृत्य, चित्रकला, तथा अन्य कार्यक्रम रहेका थिए ।

जिमनास्टिक सेमिनार
नेपाल जिमनास्टिक संघले ओलम्पिक डे मनाउने क्रममा सेमिनारको आयोजना गर्‍यो ।

नेपालम जिमनास्टिक खेलको विकास र विस्तार तथा आधुनिक जिमनास्टिकका बारेमा सेमिनारमा जानकारी प्रदान गरिएको थियो ।

अपाङ्गता भएकाबीच टेबल टेनिस
सुदूरपश्चि प्रदेशमा ओलम्पिक डे मनाउने क्रममा अपाङ्गता भएकाबीच मैत्रीपूर्ण टेबल टेनिस खेल भएको थियो ।

अपाङ्गता भएका तथा पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी उपेन्द्र कडायत तथा सुप प्रदेश खेलकुद सदस्य जीवन कुमार भट्टबीच खेल भएको थियो ।

कार्यक्रममा जिल्ला खेलकुदका अध्यक्ष ओम बस्नेत, ओलम्पियन डम्बर दत्त भट्ट, प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।

जुडो संघले विविध कार्यक्रमबीच मनायो ओलम्पिक डे

नेपाल जुडो संघले केन्द्र तथा डोजोहरुमा विविध कार्यक्रमका बीच ओलम्पिक डे मनाएको छ ।

जसमा खेलाडी प्रशिक्षक तथा पदाधिकारी सदस्यहरुले वाकाथन, जुडो खेल प्रदर्शन, आत्मसुरक्षा सम्वन्धि कार्यक्रम र ओलम्पिक डे को केक काटेर जुडोलाई ओलम्पिकसँग जोडेको छ ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यको उपस्थिति रहेको थियो ।

ओलम्पिक डे मनाउने क्रममा नेपाल भारोत्तोलन संघ, नेपाल स्क्वास र्याकेट संघले पनि खेलाडीहरुबीच प्रदर्शन खेलको आयोजना गरेको थियो ।

ओलम्पिक डे कै अवसरमा महेन्द्रनगरमा बक्सिङ्ग संघको आयोजनामा प्रदर्शन खेलको आयोजना गरिएको थियो ।

यस्तै रोटरी क्लब कीर्तिपुरले ओलम्पिक डे मनाउने क्रममा दौड, नाच लगायत फन कार्यक्रमको आयोजना गरेका थिए ।

नेपाल मुवाथाई एशोसियसनले पोखरामा खेल प्रदर्शन गरि ओलम्पिक डे मनाएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तथा ओलम्पिक कमिटिका उपाध्यक्ष तेज गुरुङ्ग, राखेपका पूर्व सदस्य एवं स्पोर्टस् फर अल पोखराका अध्यक्ष खडक रानाभाट लगायतको उपस्थिति रहेको थियो ।

प्रदर्शन कार्यक्रममा ३५ खेलाडी तथा प्रशिक्षकले सहभागिता जनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey