Mega Bank

युगल किशोर पहिलो पटक ए डिभिजन क्लव सम्हाल्दै

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-०८
  • |
  • 440 पटक हेरिएको

हाइलाइट्स

शेर्पाले राईसहित विदेशी डिफेन्डर अर्लिच सिवाई राम्जीको सम्झौता पनि नविकरण गरेको छ ।

आसन्न ए डिभिजन लिगका लागि हिमालयन शेर्पाले मुख्य प्रशिक्षकमा युगल किशोर राईलाई भित्र्याएको छ ।

नेपाल सुपर लिगमा धनगढी एफसीका प्रशिक्षक रहेका राईले बी डिभिजन लिगमा बासबारी क्लवको प्रशिक्षकका रुपमा काम गरेका थिए । तर उनले पहिलो पटक ए डिभिजन क्लवको प्रशिक्षकका रुपमा काम गर्न लागेको हुन । 

शेर्पाले राईसहित विदेशी डिफेन्डर अर्लिच सिवाई राम्जीको सम्झौता पनि नविकरण गरेको छ । ए लाइसेन्स प्रशिक्षक राईको प्रशिक्षणमा धनगढी टिम एनएसएलको फाइनलमा पुगेको थियो । 

प्रशिक्षक अगाडी खेलाडीका रुपमा उनले विभिन्न क्लवबाट लिग खेलेका थिए । जसमा रानीपोखरी कर्नर टिम, नेपाल पुलिसबाट उनले लिग खेलेका थिए । 

लिगका लागि यतिबेला विभिन्न क्लवले खेलाडी अनुबन्धको काम आन्तरीक रुपमा सुरु गरिसकेको छ । शेर्पाले प्रशिक्षक राई र डिफेन्डर राम्जीलाई अनुबन्धको रकम भने खुलाएको छैन । 

भर्खरै

Advertisement