सन्दिपले द हन्ड्रेडका तीन देखि पाँच खेल गुमाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०८
  • |
  • 1483 पटक हेरिएको

हाइलाइट्स

नेपालले स्पेनमा खेल्ने त्रिकोणात्मक सिरिज जुनका २० तारिख देखि ३० तारिखसम्म हुनेछ । यहि बेला बेलायतमा द हन्ड्रेड प्रतियोगितापनि सुरु हुनेछ । जुलाई २२ तारिखबाट सुरु हुने द हन्ड्रेडमा सन्दिप बेलायत पुग्दासम्म टिमले तीन खेल खेलिसकेको हुनेछ । 

आइसीसी विश्वकप क्रिकेट लिग टु को तयारीमा रहेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने पहिलो पटक बेलायतमा हुन लागेको द हन्ड्रेड प्रतियोगिताका सुरुवाती चार खेल गुमाउने भएका छन । 

नेपालले स्पेनमा खेल्ने त्रिकोणात्मक सिरिज जुनका २० तारिख देखि ३० तारिखसम्म हुनेछ । यहि बेला बेलायतमा द हन्ड्रेड प्रतियोगितापनि सुरु हुनेछ । जुलाई २२ तारिखबाट सुरु हुने द हन्ड्रेडमा सन्दिप बेलायत पुग्दासम्म टिमले तीन खेल खेलिसकेको हुनेछ । 

यस्तैमा युरोपमा पनि अरु देशबाट बेलायत प्रवेश गर्दा १० दिनको क्वारेन्टिनको नियम अहिलेपनि कायम छ, तर यो नियम खुकुलो हुने संभावनापनि बाँकी छ । बेलायत सरकारले त्यो बेला क्वारेन्टिनको नियम खुकुलो पारेको खण्डमा अगष्ट दुई तारिखमा हुने वेल्स फायरविरुद्धको खेलमा उनी टिममा समावेश हुनेछन । यदि क्वारेन्टिनको नियम कायमै रहेको खण्डमा सुरुवाती पाँच खेल गुमाउने पक्का छ । 
सन्दिप बेलायत पुगेर पीसीआर परिक्षण गरेर रिपोर्ट नेगेटिभ आउनुपर्नेछ । द हन्ड्रेडमा सन्दिपको टिम ओभलले २२ तारिखमा नै पहिलो खेल म्यानचेस्टर ओरिजिनर्ससँग खेल्नेछ । त्यसपछि जुलाई २५ मा लण्डन स्प्रिटसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको तेस्रो खेलमा सन्दिपको टिम ओभलले जुलाई ३१ मा नर्दन सुपरचार्जससँग खेल्नेछ । त्यसपछि अगष्ट दईमा वेल्स फायर र अगष्ट आठमा ट्रेन्ट रकेट्ससँग प्रतिस्पर्धा गर्नेछ । यदि क्वारेन्टिनको नियम कम भएको खण्डमा सन्दिपले चौथो खेलपछि टिममा समावेश हुनेछ । तर उनले स्पेनमा हुने सिरिज खेलेर जाँदा तीन खेल गुमाउने पक्का छ । 

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज कुन तरिकाले गर्ने भन्ने एकिन हुन सकेको छ । आइसीसीले बायोबबलमा प्रतियोगिता गर्ने तयारीपनि गरेको छ । बेलायतको भिषा ढिलो गरेर आउँदा टी २० हन्ड्रेड खेल्न पाएका थिएनन् । अहिलेपनि नेपाल भने बेलायतको रेड लिष्टमा रहेको छ । तर स्पेनबाट जाँदा सन्दिपलाई नेपालबाट गएको भन्दा सहज हुनेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey