अन्तिम खेल नेखेल्दै युराे कपकाे नकआउट चरणमा पुगेका ५ टिम

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०८
  • |
  • 1196 पटक हेरिएको

हाइलाइट्स

फ्रान्स, इंग्ल्याण्ड, चेक गणतन्त्र, स्विडेन र स्विट्जरल्याण्ड रहेका छन । 

युरोकप फुटबलमा आफ्नो अन्तिम खेल नै नखेली पाँच टिमले नकआउट चरणको यात्रा पक्का गरेका छन । जसमा फ्रान्स, इंग्ल्याण्ड, चेक गणतन्त्र, स्विडेन र स्विट्जरल्याण्ड रहेका छन । 

सबै टिमको समुहमा चार अंक रहेकाले उनीहरुले अन्तिम खेलमा हारपनि नकआउट चरणमा पुग्ने पक्का भएको छ ।

त्यसमा समुहको तेस्रो टिमका रुपमा भएपनि उनले अन्तिम १६ मा प्रतिस्पर्धा गर्न पाउने भएका छन । 

समुह बी र सी मा फिनल्याण्ड र युक्रेनको तीन अंकमात्र भएपनि त्यसको फाइदा यी पाँच टिमलाई भएको छ ।

फिनल्याण्ड र युक्रेन अझैपनि नकआउट चरणमा पुग्नका लागि प्रतिक्षारत नै छन । उनीहरुले बुधबार हुने समुह ई र डी को खेलको नजिता कुर्नुपर्नेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey