Mega Bank

'सन्दिपले टी-२० ब्लास्ट खेल्न नपाउनु एसोसियट क्रिकेटलाई नै घाटा हो'-डेनियल

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-०८
  • |
  • 1743 पटक हेरिएको

हाइलाइट्स

सन्दिपले टी २० ब्लास्ट खेल्न नपाउनु एसोसियट क्रिकेटका लागि नै ठूलो नोक्सानी रहेको बताएका छन । उनले सन्दिपले टी २० ब्लास्ट खेल्न नपाउँदा सुवर्ण अवसर गुमाएको बताए ।

बेलायतले नेपाली क्रिकेटर सन्दिप लामिछानेको भिषा दिनमा ढिलाई गरेका कारण उनी अहिले बेलायतमा चलिरहेको टी २० ब्लास्ट खेल्न पाएनन् । सन्दिपले समयमा नै भिषा नपाउँदा त्यसको दोषी को भन्ने भन्दापनि यसले कसलाई ठूलो घाटा भएको छ भन्ने मुख्य प्रश्न रहेको छ ।

यहि विषयमा इमर्जिङ क्रिकेटका एक्पर्ट डेनीयल बेसविकले सन्दिपले टी २० ब्लास्ट खेल्न नपाउनु एसोसियट क्रिकेटका लागि नै ठूलो नोक्सानी रहेको बताएका छन । उनले सन्दिपले टी २० ब्लास्ट खेल्न नपाउँदा सुवर्ण अवसर गुमाएको बताए ।

सन्दिपले आठ देखि १० वटा टी २० ब्लास्टमा खेल खेलन पाउने थिए, जसले उनको आफ्नो स्तरलाई पनि बढाउने मौका थियो, यतिमात्र होइन, सन्दिपका लागि यो प्रतियोगिता आफ्नो क्षमतालाई देखाउने थलो मात्र नभएर द हन्ड्रेडका लागि राम्रो तयारीको माध्यम बन्ने थियो, जसले गर्दा उनको मनोबल पनि अझ उच्च हुने उनले बताए । 

सन्दिपका लागि टी २० ब्लास्टले उनलाई अर्को स्तरको खेलको रियल टेष्टपनि हुने संभावना थियो, तर खेल्न नपाउँनु सन्दिप र नेपालका लागि मात्र होइन, सबै एसोसियट सदस्यका लागि पाठ भएको उनले बताए । उनले प्रतियोगिता खेलेपनि नखेलेपनि यो एसोसियट क्रिकेटका लागि ठूलो नोक्सानी भएको बताए । 

सन्दिप पहिलो पटक टी २० ब्लास्ट खेल्ने तयारी हुँदा अन्तिममा नेपालमा लकडाउन र बेलायतले नेपाललाई रेड लिष्टमा राख्दा उनले समयमा नै पासपोर्ट हात पार्न सकेनन् । जसका कारण उनी जान कठिन हुनेभएपछि सन्दिपसँगको सम्झौता टिमले रद्द गरेको थियो । अब सन्दिप बेलायतमा नै हुने द हन्ड्रेडका लागि जाने तयारीमा छन । यसका साथै उनी नेपालले स्पेनमा खेल्ने त्रिकोणात्मक सिरिजका लागि अहिले राष्ट्रिय टिमको क्याम्पमा छन । 

भर्खरै

Advertisement