कोपा अमेरिका : गोमेजको गोलमा अर्जेन्टिना शीर्ष स्थानमा 

चिली र उरुग्वेले बराबरी खेले

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-०८
  • |
  • 821 पटक हेरिएको

हाइलाइट्स

  • अर्जेन्टिनाका लागि गाेमेजले गाेल गरेका थिए ।

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना विजयी भएको छ ।

आज विहान सकिएको खेलमा अर्जेन्टिानले पाराग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

यो नतिजासँगै समूह ए मा रहेको अर्जेन्टिना सात अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

अर्जेन्टिनाको जितमा एलेजान्ड्रो गोमेजले पहिलो हाफको शुरुमै गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

उनले दशौं मिनेटमा एन्जल डि मारियाको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

उक्त अग्रता अर्जेन्टिनाले अन्तिमसयमसम्म कायमै राखेको थियो । पराजित भएको पाराग्वे तीन अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।

पाँच अंकरहेको चिली दोस्रो स्थानमा छ । गएराति भएको अर्को खेलमा चिली र उरुग्वेले एक एक गोलको बराबरी खेलेका थिए ।

एक गोलले पछि परेको उरुग्वेलाई उपहार गोलले राहत भएको थियो ।

२६ औं मिनेटमा चिलीका लागि एडुवार्डो भर्गासले गोल गर्दै अग्रता दिलाएका थिए । 

तर, ६६ औं मिनेटमा चिलीकै आटुरो भिडालले आत्मघाति गोल गरेपछि उरुग्वेले एक एक गोलको बराबरी गर्न सफल भएको थियो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal