युरो २०२० : समूह बीबाट बेल्जियम र डेनमार्क अन्तिम १६ मा 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०८
  • |
  • 960 पटक हेरिएको

हाइलाइट्स

  • युराेमा आज दुवै खेल राति पाैने १ बजे 
  • क्राेएसिया भर्सेस स्कटल्याण्ड 
  • इग्ल्याण्ड भर्सेस चेक रिपब्लिक 

युरो २०२० अन्तर्गत समूह बीको खेलबाट बेल्जियम र डेनमार्क अन्तिम १६ मा प्रवेश गरेका छन् ।

सोमबार राति भएको खेलमा बेल्जियम फिनल्याण्डमाथि २–० गोलको जित निकाल्दै विजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यसैगरी डेनमार्कले रसियामाथि ४–१ गोल अन्तरको जित दर्ता गर्दै दोस्रो स्थानमा रहेर अर्को चरणमा प्रवेश गरेको छ ।

कोपनहेगनमा घरेलु समर्थकमाझ डेनमार्कले ४–१ कोे जित हासिल गरेपछि रुस प्रतियोगिताबाट बाहिरिएको छ ।

३८ औैं मिनेटमा मिकेल ड्याम्सगार्डले गोल गरी पहिलो हाफमा डेनमार्कलाई अग्रता दिलाएका थिए ।

Image

पहिलो हाफमा एक गोल गरेको डेनमार्कले अरु गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

खेलको ५९ औं मिनेटमा युसुफ पोल्सेनले गोल गरेपछि डेनमार्कको अग्रता दोब्बर भएको थियो ।

उता, ७० औं मिनेटमा रुसका आर्तेम ज्युवाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता २–१ मा झारेका थिए ।

७९ औं र ८२ औं मिनेटमा डेनमार्कका जोकिम मेहलेले लगातार २ गोल गरेपछि डेनमार्कले ४–२ गोलको फराकिलो जित दर्ता गर्न सफल भयो ।  

पहिलो खेलमा आफ्ना सुपरस्टार क्रिष्टियन इरिक्सनलाई मैदानमै हृदयघात भएयता डेनमार्कका लागि यो प्रतियोगिता भावनात्मक बन्न पुगेको छ ।

अस्पतालबाट डिस्चार्ज भइ घरमा आराम गरिरहेका आफ्ना साथी खेलाडी इरिक्सनलाई उनीहरुले नकआउट चरणमा प्रवेश गरी राम्रो उपहार दिएका छन् ।

बेल्जियम शीर्ष स्थानमा 

यस्तै, बेल्जियम भने समूह बीबाट विजेता बन्दै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Image

सेन्ट पिटर्सवर्गमा भएको खेलमा पहिलोपल्ट युरो खेलिरहेको फिनल्याण्डमाथि बेल्जियमले ७४ औं मिनेटमा पहिलो गोल गरेको थियो । त्यो पनि उपहार गोल रहेको थियो ।

 फिनल्याण्डका डिफेण्डर लुकास हार्डेकीले आत्मघाती गोल गरेपछि अग्रता बनाएको बेल्जियमका लागि रोमेलु लुकाकुले त्यसको ८४ मिनेटपछि गोल गरेका थिए ।

सोही गोलका कारण बेल्जियम २–० ले विजयी भयो र समूहमा ९ अंक जोड्दै अर्को चरणको यात्रा तय गर्न सफल भयो ।
 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey