सदस्यसचिव सिलवालसँग परिषद्का सदस्यले गरे चर्काचर्की

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 3207 पटक हेरिएको

हाइलाइट्स

सिलवालको कार्यकक्षमा नै सोमबार भेट्ने भनेर गएका सुवास श्रेष्ठ ठूलो ठूलो स्वरमा बोलेको र उनीहरुले पहिले देखिको कामलाई औंला उठाएको बताइएको छ । 

नेपाली खेलकुदको अभिभावक निकाय राष्ट्रिय खेलकुद परिषद कोरोना भाइरसका कारण लकडाउन हुँदा कामहरु ठप्प अवस्थामा छन् । यस्तैमा पनि परिषद्को नेतृत्वमा सदस्यसचिव रमेश सिलवाल दोस्रो पटक नियुक्त भएपछि धेरै गतिविधी हुन्छ र खेलकुद निकै चलायमान हुन्छ भन्ने आशा गरिएकाे थियाे ।

यो बीचमा खेलकुद मन्त्री परिवर्तन हुँदा परिषद्को बोर्ड बैठक पनि बस्न सकेको छैन । यस्तैमा सोमबार सदस्यसचिव रमेश सिलवालको कार्यकक्षमा नराम्रो घटना भयो । राष्ट्रिय फुटबल टिमसँग इराक र कुवेतको भ्रमणमा गएका सिलवाल फर्किएर कार्यालयमा जाँदा परिषद्का सदस्य सुवास श्रेष्ठले बाँझाबाँझ नै गरे । उनले सिलवालको काम गर्ने शैली मन नपरेको र आफ्नो खुसी काम गरेको भन्दै नियममा रहेर काम गर्न भन्दै चर्को स्वरले बोलेका थिए । 

सिलवाललाई अचानक भेटेपछि सुवास र अर्का सदस्य सम्पन्न श्रेष्ठले आक्रामक बाेलि बाेलेका थिए । जवाफमा पनि सिलवालले आफु कार्यकारी प्रमुख भएकाे भन्ने कुरा गरेपछि भनाभन झन बढेकाे थियाे । सदस्यद्वय श्रेष्ठले ठूलो ठूलो स्वरमा बोलेको र उनीहरुले पहिले देखिको कामलाई औंला उठाएको बताइएको छ । 

यो विषयमा हामीले सो झगडामा उपस्थित रहेका बोर्डका सदस्य सम्पन्न श्रेष्ठसँग कुरा बुझ्दा उनले यस्तो भने– अहिले राष्ट्रिय खेलकुद परिषदमा जुन किसिमले गतिविधि भएको छ । त्यो एकदमै राम्रो भएको छैन । अहिले खेलकुद ऐन आइसक्यो । पुरानै ऐन टेकेर काम गर्दै आउनु भएको छ । त्यो अनुसार काम गर्नु भएन नी । उहाँले नयाँ ऐन अनुसार काम गर्नु पर्यो । सिलवाल जीले अहिले खेलकुदमा मनपरी गर्नुभएको छ । २ करोडको कामलाई २८ करोडको टेण्डर गर्ने गर्नुभएको छ । त्यो भनेको मूलपानी क्रिकेट मैदानको हो । 

अहिलेको ऐन अनुसार राखेपको बोर्ड सदस्यलाई सदस्यसचिवले काम गर भन्ने अधिकार छैन । तर, सदस्यसचिव सिलवालले गण्डकी प्रदेशका एघार जिल्लाको काम गर भनेर ब्यक्ति ताेकेर पत्र दिन मिल्दैन । कोरोनाबाट खेलकुदका १६–१७ जना मरिसके, उहाँलाई त्यो मतलब छैन, उहाँ फुटबल टिमसँग विदेश जानुभयो । यहाँ दुईवटा कार्यकारी बनाइसकिएको छ । त्यसलाई कुनै जानकारी छैन ।

उहाँ आफ्नो मनोमानी ढंगले आफू अनुकुलकालाई कार्यबहाक दिने काम गर्नुभएको छ । अहिले दीपक मनाङ्गेले आरोप लगाइरहेका बेला त्यसको खण्डन गर्नुपर्नेबेलामा त्यो गर्नु भएको छैन । अहिले लागेको दाग भनेको एक जना सदस्य सचिवलाई मात्र होइन, सिंगो खेल क्षेत्र खेलाडीसबैलाई लागेको दाग हो भन्ने हाम्रो बुझाई छ । त्यसकारणले यस्ता खालका गतिविधिले खेलकुदमा धावा कसैले बोल्छ भने त्यो सैह्य हुँदैन । यही विषयमा भनाभन भएको हो । बोर्ड बैठक बस्न सकेको छैन । पछि सिलवालले पनि छलफल गर्ने भन्दै सकारात्मक जवाफ दिएको उनले बताए । 

नेपाली खेलकुदमा सदस्य सचिवको कार्यकक्षमा नै यसरी सदस्यहरुबीच भनाभन भएको लामो समयपछि पहिलो पटक हो । यसअघि हरिबहादुर चौधरी सदस्यसचिव हुँदा उनकै कार्यकक्षमा तत्कालिन उपाध्यक्ष पिताम्बर तिम्सिनाले तोडफोड नै गरेका थिए ।

तर अहिले जुन तरिकाले कार्यकक्षमा सदस्यको भनाई सिलवालले खाएका छन्, त्यसले बोर्डका सदस्यमा असन्तुष्टि बढेको भन्ने प्रष्ट भएको छ । यसका मुख्य कारण पछिल्लो पटक सदस्यसचिव विदेश जाँदा पुणेन्द्रविक्रम लाखेलाई कार्यवाहक दिनु र उनीहरुलाई कुनैपनि जिम्मेवारी नदिएका कारणले पनि भएको स्रोतको भनाई छ । यो विषयमा सिलवालसँग सम्पर्क गर्न खोज्दा उनी उपलब्ध हुन सकेनन् । 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal