टोकियो ओलम्पिकका प्रत्येक भेन्युमा १० हजार दर्शकलाई प्रवेश दिइने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 897 पटक हेरिएको

हाइलाइट्स

टोकियो ओलम्पिकको आयोजक कमिटीले आज एक पत्रकार सम्मेलन गरि दर्शक १० हजार जनालाई खेल भेन्युमा प्रवेश दिने भएको हो । एक दिन अघि मात्र विज्ञहरुले टोकियो ओलम्पिकमा कोभिडको जोखिम कम गर्ने अन्तिम विकल्प विना दर्शक प्रतियोगिता गराउनु रहेका बताएका थिए ।

विज्ञहरुको चेतवानीका बाबजुतपनि टोकियो ओलम्पिकको प्रत्येक भेन्युमा १० हजार दर्शकलाई प्रवेश दिइने भएको छ। 

टोकियो ओलम्पिकको आयोजक कमिटीले आज एक पत्रकार सम्मेलन गरि दर्शक १० हजार जनालाई खेल भेन्युमा प्रवेश दिने भएको हो । एक दिन अघि मात्र विज्ञहरुले टोकियो ओलम्पिकमा कोभिडको जोखिम कम गर्ने अन्तिम विकल्प विना दर्शक प्रतियोगिता गराउनु रहेका बताएका थिए ।

संक्रमण ठुलो जोखिम भएको भन्दै कोरोना विज्ञ तथा त्यहाँका नागरिकले यसको विरोध गरेपनि आयोजक तथा सरकारी स्वास्थ्य कर्मचारीहरुको साथमा जापानी सरकारले अर्बौँ डलर खर्च भइसकेको महाकुम्भ आयोजना नरोक्ने पक्षमा छ । जापान, अन्य ठुला मुलुक भन्दा कम संक्रमण दर भएको मुलुक हो ।

तर कोरोना विरुद्धको खोप लगाउने अभियानमा आएको ढिलाई तथा केही ठाउँका धरासायी बनेको स्वास्थ्य प्रणालीका कारण नयाँ समस्या देखिएको छ । जुर्ला २३ देखि आयोजना हुने ओलम्पिक भेन्युमा ५० प्रतिशत अर्थात् बढिमा १० हजार  दर्शकलाई प्रवेश दिने आयोजक समितीका प्रमुख सिको हासीमोटोले  बताए ।

यदी कुनै समस्या थप देखिएको खण्डमा जुलाई १२ पछि फेरी दर्शकको संख्यामा अझै सिमितता ल्याउने उनको भनाइ छ । प्रतिोगितामा विदेशी दर्शकलाई भने रोक लगाइएको  छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal