Mega Bank

बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीकाे पीसीआर परिक्षण

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 595 पटक हेरिएको

हाइलाइट्स

दिर्घायु अस्पतालले खेलाडीको पीसीआर परिक्षण गरेको हो । यो क्याम्पमा बोलाइएका पृथु बास्कोटा नहुने पक्का भएको छ । हाल अमेरीकामा रहेका पृथुले ब्यक्तिगत कारणले सहभागि नुहने बताएको क्यानले जनाएको छ । 

स्पेनमा हुने त्रिकोणत्मक क्रिकेट सिरिजका लागि नेपाली क्रिकेट टिमले मंगलबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछ । जसका लागि आज क्याम्पमा बोलाएका १९ खेलाडी र तीन अफिसियलको पीसीआर परिक्षण गरिएको छ । 

दिर्घायु अस्पतालले खेलाडीको पीसीआर परिक्षण गरेको हो । यो क्याम्पमा बोलाइएका पृथु बास्कोटा नहुने पक्का भएको छ । हाल अमेरीकामा रहेका पृथुले ब्यक्तिगत कारणले सहभागि नुहने बताएको क्यानले जनाएको छ । 

जुलाईको अन्तिम साताबाट हुने भनिएको स्कटल्याण्ड, नामिविया सम्मिलित सिरिजका लागि नेपाली टिम बैदेशिक प्रशिक्षणको तयारी पनि गरेको छ । तर कुन देश जाने भन्ने टुंगो लागिसकेको छैन । 
यसका साथै सिरिजको एकिन मिती पनि आउन बाँकी रहेको छ । 

भर्खरै

Advertisement