डेम्बेलेले युराे कपका बाँकी खेल गुमाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 803 पटक हेरिएको

हाइलाइट्स

 शनिबार राति भएको खेलमा हंगेरीसँग एक एक गोलको बराबरी खेल्दा डेम्बेले दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । तर केहि मिनेटमा नै चोट बोकेपछि उनलाई सब्सिच्युट गरिएको थियो । उनी त्यो बेला नै घुँडामा चोट बोकेको संकेत गरेका थिए । 

हंगेरीविरुद्धको खेलमा सब्सिच्युट खेलाडीको रुपमा मैदान पसेरपनि फेरी सब्सिच्युट भएका फ्रान्सका स्ट्राइकर उसमान डेम्बेलेले युरो कपका बाँकी खेल गुमाउने भएका छन । 

फ्रान्सेली फुटबल महासंघले डेम्बेलले युरो कपका बाँकी खेल गुमाउने पुष्टि गरेको हो । शनिबार राति भएको खेलमा हंगेरीसँग एक एक गोलको बराबरी खेल्दा डेम्बेले दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । तर केहि मिनेटमा नै चोट बोकेपछि उनलाई सब्सिच्युट गरिएको थियो । उनी त्यो बेला नै घुँडामा चोट बोकेको संकेत गरेका थिए । 

त्यसपछि उनको घुँडाको थप जाँच गर्दा उनले युरो कप खेल्न नसक्ने बताइएको छ । तर चोट कस्तो गम्भिर हो भन्ने विषयमा भने केहि बताइएको छैन । 

फ्रान्सलाई नकआउट चरणमा पुग्नका लागि पोर्चुगलसँगको खेल निकै महत्वपुर्ण रहेको छ । उसले पोर्चुगलसँग बुधबार खेल्नेछ । उसले दुई खेलमा चार अंक बनाएको छ । पहिलो खेलमा जर्मनीलाई एक शुन्यले हराएको फ्रान्स हंगेरीसँग भने एक एक गोलको बराबरी खेलेको थियो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal