कतार विश्वकप हेर्न जाने १० लाख दर्शकलाई निशुल्क काेराेना खाेप लगाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 1068 पटक हेरिएको

हाइलाइट्स

कतारका प्रधानमन्त्री र आन्तरिक मन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले यहाँका विभिन्न पत्रिकाका सम्पादकहरुसँग कुराकानी गर्दै खोप उत्पादक कम्पनीहरु छलफल भइरहेको बताएका छन् ।

कतारले विश्वकप २०२२ को खेल हेर्न आउने १० लाख दर्शकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइने भएको छ ।

कतारका प्रधानमन्त्री र आन्तरिक मन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले यहाँका विभिन्न पत्रिकाका सम्पादकहरुसँग कुराकानी गर्दै खोप उत्पादक कम्पनीहरु छलफल भइरहेको बताएका छन् ।

“हामी हाल विश्व कप कतार २०२२ मा आउने गैर-खोप लगाएका मानिसहरूलाई खोप दिन १० लाख डोज खोप उपलब्ध गराउन कम्पनीसँग वार्ता गरिरहेका छौँ,” प्रधानमन्त्री  अल थानीले बताए । 

“२०२२ विश्व कप हेर्न कतार आउने केही मानिसहरूलाई खोप दिने हाम्रो प्राथमिक लक्ष्य भनेको नागरिक र बासिन्दाहरूको जनस्वास्थ्यको रक्षा गर्नुका साथै टूर्नामेन्टमा भाग लिने प्रशंसकहरूलाई जोगाउनु हो ।” खोप नलगाएका दर्शकलाई स्टेडियममा प्रवेश गर्नसमेत पाउने छैनन् ।

“महामारीले सुरुमा केही सानो प्रभाव पारेको थियो, तर हामीले चाँडै तयारी गर्न थालिसकेकाले विश्वकप परियोजनाहरूमा काम गर्ने कम्पनीहरूसँगको समन्वयमा आवश्यक सामग्रीको वितरण सुनिश्चित गर्न हामी छिटो सफल भयौं,” उनले बताए।

यहाँको स्टेडियमहरू मध्ये सबैभन्दा ठूलो लुसेल स्टेडियमको पनि ९० प्रतिसत काम सम्पन्न भैसकेको प्रधानमन्त्रीलाई उद्धृत गर्दै पिनेन्सुला पत्रिकाले जनाएको छ । २२औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता नोभेम्बर २१, २०२२ मा कतारमा सुरू हुनेछ भने डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसको दिन फाइनल खेलिनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey