नेपालले खेल्ने एशियन कपका तेस्राे चरणका छनाेट खेल २०२२ काे फेब्रेवरी एकबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 2312 पटक हेरिएको

हाइलाइट्स

होम एण्ड अवेका आधारमा हुने प्रतियोगिताको पहिलो खेल फेब्रेवरी एक तारिखमा हुनेछ भने दोस्रो खेल मार्चको २४ मा हुनेछ । यस्तै तेस्रो खेल मार्च २९, चौथो खेल जुन १४, पाँचौ खेले सेप्टेम्बर २२ र छैटौं खेल सेप्टेम्बर २७ मा हुनेछ । 

नेपालले खेल्ने एशियन कप छनौटको तेस्रो चरणका खेलहरुको मिती तय भएको छ । जसमा सन् २०२२ को फेब्रेवरी एक देखि सुरु भएर सेप्टेम्बर २७ मा सकिने भएका छन । तेस्रो चरणको खेलको ड्र जुलाई एक तारिखमा हुने भएको छ । 

होम एण्ड अवेका आधारमा हुने प्रतियोगिताको पहिलो खेल फेब्रेवरी एक तारिखमा हुनेछ भने दोस्रो खेल मार्चको २४ मा हुनेछ । यस्तै तेस्रो खेल मार्च २९, चौथो खेल जुन १४, पाँचौ खेले सेप्टेम्बर २२ र छैटौं खेल सेप्टेम्बर २७ मा हुनेछ । 

तेस्रो चरणको खेलका लागि २२ टिम छनौट भएका छन । त्यसबाट ११ टिमले फाइनल चरणमा स्थान बनाउनेछ । कुल २४ टिमको सहभागिता हुने एशियन कपमा साविक विजेताका नाताले कतार र आयोजकका नाताले चीनले सोझै स्थान बनाएका छन । बाँकी २२ टिम छनौट चरणबाट आउनेछन । 

तेस्रो चरणका लागि छनौट भएका टिमलाई दुई समुहमा विभाजन गरेर खेल हुनेछ । नेपाल फिफा विश्वकप छनौटको समुह बी मा चौथो स्थानमा रहँदा एएफसीले छनौटको नियम परिमार्जन गरेपछि तेस्रो चरणमा प्रवेश पाएको हो । 

उत्तर कोरीयाले विश्वकप छनौट र एशियन कप छनौट नखेल्ने भएपछि एएफसीले नियम परिमार्जन गरेको हो । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey