स्पेनमा हुने त्रिकाेणात्मक एकदिवसिय क्रिकेट सिरिज पृथुले नखेल्ने

हाल अमेरीकामा रहेका पृथुले यो सिरिजका लागि नेपाल आउन कठिन रहेको बताएका छन ।

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 3107 पटक हेरिएको

हाइलाइट्स

हाल अमेरीकामा रहेका पृथु यो सिरिजका लागि नेपाल आउने कठिन रहेको बताएका छन । उनीसँग नेप्लेजले कुरा गर्दा दोस्रो डोजको भ्याक्सिन पनि बाँकी रहेको र अहिले तत्काल फर्किन पनि कठिन रहेको बताएका छन । 

नेपाली क्रिकेटर पृथु बास्कोटा स्पेनमा हुने त्रिकोणात्मक एकदिवसिय क्रिकेट सिरीजका लागि टिममा नहुने भएका छन । नेपाल क्रिकेट संघ क्यानले यो सिरिजका लागि पहिलो चरणमा २० खेलाडीको नाम सार्वजनिक गरेको थियो । जसमा पृथुको नाम पनि समावेश गरिएको छ ।

तर हाल अमेरीकामा रहेका पृथुले यो सिरिजका लागि नेपाल आउन कठिन रहेको बताएका छन । उनीसँग नेप्लेजले कुरा गर्दा दोस्रो डोजको भ्याक्सिन पनि बाँकी रहेको र अहिले तत्काल फर्किन पनि कठिन रहेको बताएका छन । 

करिव चार बर्षपछि अघिल्लो बर्ष उनी राष्ट्रिय टिमको क्याम्पमा परेका थिए । तर त्यो बेला प्रतियोगिता नुहने भएपछि क्याम्प नै विचमा रोकिएको थियो । यसपटक घरेलु प्रतियोगितामा राम्रो गरेका उनलाई क्यानले क्याम्पमा बोलाएको थियो । 

तर पृथु केहि महिना अगाडी अमेरीकामा क्रिकेट खेल्नका लागि गएका थिए । उनले नेपाली राइनोज क्रिकेट टिमबाट अमेरीकाका टु टेन क्रिकेट खेलेका थिए । जसमा नेपाली राइनोजले उपाधिपनि जितेको थियो । उपाधिबाफत टिमले ४० हजार डलर पुरस्कार पाएको थियो ।

त्यसपछि उनले त्यहाँको लिगपनि खेलका छन । अब जुलाईमा क्यालिफोर्नियामा अर्को क्रिकेट प्रतियोगिता हुँदैछ, त्यसका लागिपनि उनी तयारी गरिरहेका छन । 

क्यानले पृथुु नआउने भएपछि अर्को खेलाडी राख्ने तयारी गरेको छ । नेपालले जुलाईको अन्तिम सातामा स्पेनमा नामिबिया र स्टकल्याण्डसँग आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत एकदिवसिय सिरिज खेल्दैछ ।

जसका लागि नेपाली टिमले मंगलबारबाट तयारी सुरु गर्ने भएको छ । क्याम्पमा बोलाएका खेलाडीको पीसीआर परिक्षण सोमबार गरिएको छ । यसका लागि क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरपनि नेपाल आइसकेर टिमसँग जोडिसकेका छन । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey