युरोमा आज समूह बी र सी का अन्तिम खेलहरु हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 1240 पटक हेरिएको

युरोपका विभिन्नद १२ देशमा जारी युरोपियन च्याम्पियनसिप अन्तर्गत समूह बी र सीको समूह चरणका अन्तिम खेलहरु आज हुँदैछन् ।

समूह सी अन्तर्गत आज युक्रेन र अस्ट्रिया तथा नेदरल्याण्ड्स र उत्तरी मासेडोनियाबीच खेल हुनेछ ।

यी दुवै खेल राती पौने १० बजेदेखि सुरु हुनेछन् । सुरुआती दुई खेल जितेको नेदरल्याण्ड्स समूह विजेताका रुपमा नकआउट चरणमा पुगिसकेको छ ।

उसले आज पहिलोपल्ट युरो खेलिरहेको नर्थ मासेडोनियासँग दवावरहित खेल्नेछ । सुरुआती दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको मासेडोनियालाई पनि कुनै दवाव रहने छैन ।

यो समूहमा युक्रेन र अस्ट्रियबीचको खेल भने रोमान्चक हुने आशा गर्न सकिन्छ । दुवै टोलीले सुरुआती २ खेलमा ३ अंक जोडेका छन् ।

दुवैको गोलअन्तर पनि समान छ । आज जित हासिल गर्ने टोली सोझै नकआउटमा पुग्नेछ ।

बराबरी भएको अवस्थामा भने कार्डको गणना हुन सक्छ । आज राती पौने १ बजेदेखि समूह बी का दुई खेलहरु सुरु हुनेछन् ।

यो समूहको अन्तिम खेलका रुपमा बेल्जियम र फिलनल्याण्ड तथा डेनमार्क र रुश आमने सामने हुनेछन् ।

सुरुआती दुई खेलमा जित हासिल गरेको बेल्जियम यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।

आज फिनल्याण्डसँगको खेलबाट उसको समूह विजेताको टुंगो लाग्नेछ ।

क्रिष्टियन एरिक्सन मैदानमै हृदयघात भएर ढलेको घटनाले छायामा परेको खेल जितेको फिनल्याण्डले दोस्रो खेल रुससँग हारेको थियो ।

त्यसैले समान ३ अंकसहित गोलअन्तरमा अगाडि रहे पनि फिनल्याण्ड रुशभन्दा पछाडि छ ।

तुलनात्मक रुपमा नकआउट चरणमा पुग्न रुसलाई सहज हुनेछ ।

सुरुआती दुवै खेल हारेको डेनमार्कसँग उसले जित हासिल गरेको खण्डमा नकआउट चरणमा पुग्न कठिन हुने छैन ।

बराबरी खेलेको अवस्थामा पनि उसको सम्भावना सकिने छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey