स्विसले जित निकालेपनि हारेकाे वेल्स युराे कपकाे अन्तिम १६ मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०६
  • |
  • 1133 पटक हेरिएको

हाइलाइट्स

जितपछि पनि उसले समुह ए मा तेस्रो स्थानमा चित्त बुझाउन पर्यो । यता वेल्स भने अन्तिम खेलमा हारेपछि गोल अन्तरका आधारमा समुहको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्यो । 

टर्कीलाई तीन शुन्यले हराएपछि स्विट्जरल्याण्ड टिम शिर्ष दुईमा पुगेर नकआउट चरणमा प्रवेश गर्न सकेन । सुमहको अन्तिम खेलमा स्विस टिमले टर्कीविरुद्ध निकै उत्कृष्ट खेल खेलेको थियो । 

उसका जितमा जेर्दान साकिरीले दुई गोल गरे । यो जितपछि पनि उसले समुह ए मा तेस्रो स्थानमा चित्त बुझाउन पर्यो । यता वेल्स भने अन्तिम खेलमा हारेपछि गोल अन्तरका आधारमा समुहको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्यो । 

खेलको चौथो मिनेटमा नै टर्कीले उत्कृष्ट अवसर पाएको थियो । तर सो अवसरलाई स्विट्जरल्याण्डका गोलकिपरले बचाए । तर पाँचौं मिनेटमा स्विस टिमले खेलमा अग्रता बनायो । उसका लागि हारिस सेफेरोभिचले गोल गरे । 

खेलको १६ औं मिनेटमा टर्कीले अर्को अवसर पाएपनि उसको प्रहारलाई स्विस टिमका गोलकिपर यान सोमेरले बचाए । तर खेलको २६ औं मिनेटमा स्विस टिमले अन्तर दुई शुन्यमा पुर्यायो । यसपटक उसका लागि जेर्दान साकिरीले गोल गर्न सफल भए । डिबक्स नजिकैबाट प्रहार गरेको बललाई उनले उत्कृष्ट फिनिस गरे । २८ औं मिनेटमा फेरी साकिरीले पाएको अर्को मौकालाई भने आत्मसाथ गर्न सकेनन् । 

पहिलो हाफमा दुई शुन्यको अग्रता बनाएको स्विस टिम विरुद्ध टर्कीले ६१ औं मिनेटमा अन्तर दुई एकमा झार्यो । यसपटक उसका लागि इरफान कान काभेसीले गोल गरे ।  त्यसको एक मिनेट अगाडी स्विस टिमले निकै उत्कृष्ट अवसर पाएको थियो । तर उसका उरुग्वेन काकिरको प्रहारले सहि दिशा लिन सकेन । 

त्यसपछि ६४ औं र ६५ औं मिनेटमा स्विस टिमले दुई वटा राम्रो अवसर पाएको थियो । जसमा एक पटक साकिरी चुके भने अर्कोपटक स्टेभेन जुबेर असफल बने । 

६७ औं मिनेटमा स्विट्जरल्याण्डले गोल गर्दै खेल तीन एकको अवस्थामा पुरयायो । उसका लागि फेरी साकिरीले गोल गर्न सफल भए । ७७ औं मिनेटमा स्विस टिमा ग्रानित झाकाको शसक्त प्रहार क्रसबारमा लागेर बाहिरीयो । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र स्विट्जरल्याण्डले तीन एकको जित निकाल्यो । तर अब उसले नकआउट चरणमा पुग्नका लागि तेस्रो स्थानको उत्कृष्टको सुची पर्खनुपर्नेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey