इटली समुह ए काे विजेताका रुपमा नकआउट चरणमा, वेल्स १-० ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०६
  • |
  • 1280 पटक हेरिएको

हाइलाइट्स

इटली लगातार ११ औं खेलमा गाेल नखाने टिम बनेकाे छ । 

इटली युरो कपको समुह ए को विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । तीन खेलमा तीनैमा जित निकाल्दै नौ अंकका साथ उसले समुहको विजेताका रुपमा प्रिक्वाटरफाइनलमा स्थान बनायो । समुह चरणको अन्तिम खेलमा इटलीले वेल्सलाई एक शुन्यले हरायो । 

आक्रामक फुटबल खेलेको इटलीले सुरुवात देखि नै वेल्सलाई दबावमा राखेको थियो । खेलको २४ औं मिनेटमा इटलीले राम्रो मुभ बनाएको थियो । जसमा उसका एन्द्रिय बेलाटीको प्रहार पोष्टमा रहन सकेन । २७ औं मिनेटमा उसले अर्को मौका बनायो । उसका लागि डेनील जेम्सको हेडको प्रयास पोष्टका माथिबाट बाहिरीयो । 

३० औं मिनेटमा इटलीले अर्को मुभ बनाएको थियो । चिसोको प्रहार पोष्टमा रहन सकेन । ३९ औं मिनेटमा इटलीले खेलमा अग्रता बनायो । उसका डानी वार्डको क्रसमा माटियो पेसिनाले गोल गरे । उनी इटालीयन टिमका लागि युरो कपमा कम उमेरमा गोल गर्ने सन् २००४ पछि पहिलो खेलाडी बनेका छन । उनले २४ बर्ष ६० दिनमा गोल गरे । यसअघि २००४ मा एन्टोनीयो कासानोले २१ बर्ष तीन सय ४२ दिनमा गोल गरेका थिए । 
खेलको ४२ औं मिनेटमा इटलीले अर्को अवसर पायो । उसका डेनी वार्डको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको इटलीले दोस्रो हाफको सुरुवातमा नै दुई वटा मौका पाएको थियो । फेड्रिको बेनारदेस्कीको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो । 

५३ औं मिनेटमा वेल्सका आरोन राम्सेले उत्कृष्ट मौका पाएपनि उनको प्रहारलाई इटलीका गोलकिपर ब्लक गरे । खेलको ५४ औं मिनेटमा वेल्स १० खेलाडीमा झर्न पुग्यो । उसका इथान एम्पाडुलाई फल गरेका कारण सोझै रातो कार्ड दिइयो । उनी युरो कपमा सोझे रातो कार्ड खाने पहिलो खेलाडी बनेका छन । उनी यो खेलमा खेल्दा २० बर्ष दुई सय ७९ दिनको उमेरका थिए । 

६४ औं मिनेटमा इटलीले एन्द्रे बेलोटीको प्रहारलाई डेनी वार्डले बचाए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र इटलीले एक शुन्यको जित निकाल्यो ।

यो खेलमा जित निकालेपछि इटली नयाँ रेकर्ड बनाएको छ । उसले आफ्नो अपराजित यात्रालाई ३० खेल पुर्याएको छ । यस्तै पछिल्लो ११ खेलमा एक गोल पनि खाएको छैन । उसले समुह चरणमा तीन खेलमा सात गोल गर्दा एक गोलपनि खाएन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey