भारतविरुद्ध न्यूजिल्याण्डको संयमित ब्याटिङ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०६
  • |
  • 615 पटक हेरिएको

हाइलाइट्स

तेस्रो दिनको खेल सकिँदा भारतले बनाएको दुई सय १७ रनलाई पक्ष्याएको न्यूजिल्याण्डले तेस्रो दिनको खेल सकिँदा दुई विकेट गुमाएर एक सय एक रन बनाएको छ । 

विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा न्यूजिल्याण्ड पहिलो पारीमा एक सय १६ रनले पछाडी परेको छ ।

तेस्रो दिनको खेल सकिँदा भारतले बनाएको दुई सय १७ रनलाई पक्ष्याएको न्यूजिल्याण्डले तेस्रो दिनको खेल सकिँदा दुई विकेट गुमाएर एक सय एक रन बनाएको छ । 

न्यूजिल्याण्डका डेभोन कोनवे ५४ रनमा आउट भए भने टोम लाथम ३० रनमा पेभेलियन फर्किए । कप्तान केन विलियम्सन १२ रनमा अविजीत छन भने रोस टेलरले खाता खोल्न सकेका छैनन् । 

यसअघि भारतीय टिम पहिलो पारिमा २१७ रमा समेटिन पुग्यो । भारतका लागि कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय पारि खेल्नै सकेनन् ।

चेतेश्वर पुजाराले सर्वाधिक ४९ रन बनाउँदा विराट कोहलील्े ४४ रनको योगदान गरे । यसैगरी रोहित शर्माले ३४ तथा शुभमन गिलले २८ रनको योगदान गरे । रविचन्द्र आश्विनले २२ रन बनाउँदा रविन्द्र जडेजाको नाममा १५ रन रह्यो ।

भारतलाई रोक्ने क्रममा न्यूजिल्याण्डका केइल जेमिसनले सर्वाधिक ५ विकेट लिए । उनले रोहित शर्मा, विराट कोहली, ऋषभ पन्त ईशान्त शर्मा र जसप्रित बुमराहको विकेट लिएका थिए । यसैगरी ट्रेन्ट बोल्ट र नेइल वाग्नरले दुई दुई विकेट लिए । टिम साउथीको नाममा एक विकेट रह्यो । 

बोल्टले चेतेश्वर पुजारा र जडेजाको विकेट लिँदा वाग्नरले सुभमन गिल र अजिंक्या रहाणेको शिकार गरे । साउथीले भने आश्विनको विकेट लिएका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey