टेस्ट च्याम्पियनसिप : साउथह्याम्पटनमा भारतीय ब्याट्सम्यान फ्लप

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-०६
  • |
  • 714 पटक हेरिएको

आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतीय ब्याट्सम्यानहरु पुरै फ्लप भएका छन् ।

न्यूजिल्याण्डसँग साउथह्याम्पटनमा फाइनल खेलिरहेको भारतीय टिम पहिलो पारिमा २१७ रमा समेटिन पुग्यो । भारतका लागि कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय पारि खेल्नै सकेनन् ।

चेतेश्वर पुजाराले सर्वाधिक ४९ रन बनाउँदा विराट कोहलील्े ४४ रनको योगदान गरे । यसैगरी रोहित शर्माले ३४ तथा शुभमन गिलले २८ रनको योगदान गरे । रविचन्द्र आश्विनले २२ रन बनाउँदा रविन्द्र जडेजाको नाममा १५ रन रह्यो ।

भारतलाई रोक्ने क्रममा न्यूजिल्याण्डका केइल जेमिसनले सर्वाधिक ५ विकेट लिए । उनले रोहित शर्मा, विराट कोहली, ऋषभ पन्त ईशान्त शर्मा र जसप्रित बुमराहको विकेट लिएका थिए । यसैगरी ट्रेन्ट बोल्ट र नेइल वाग्नरले दुई दुई विकेट लिए । टिम साउथीको नाममा एक विकेट रह्यो । 

No description available.

बोल्टले चेतेश्वर पुजारा र जडेजाको विकेट लिँदा वाग्नरले सुभमन गिल र अजिंक्या रहाणेको शिकार गरे । साउथीले भने आश्विनको विकेट लिएका थिए । टेस्ट च्याम्पियनसिप अन्तर्गतको आज तेस्रो दिनको खेल जारी रहेको छ ।

वर्षाले प्रभावित भएको खेलमा २३ तारिखलाई भने रिजर्भ डेको रुपमा राखिएको छ । विश्व टेस्ट च्याम्पियनसिप आईसीसीले पहिलो पटक आयोजना गरेको टुर्नामेन्ट हो ।

यो टुर्नामेन्टमा टेस्ट खेल्ने १३ मध्य १० टिमले भाग लिएका थिए । २ वर्ष अघिदेखि शुरु भएको च्याम्पियनसिपको फाइनलमा शीर्ष दुई टिम भारत र न्यूजिल्याण्ड खेलेका छन् ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey