Mega Bank

अर्थमन्त्री पौडेलले जनाए लमही क्रिकेट मैदानलाई बजेट दिने प्रतिबद्धता

Kelme Nepal
  • मुक्तिबाबु रेग्मी
  • |
  • २०७८-०३-०६
  • |
  • 832 पटक हेरिएको

लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट ब्यवस्था गर्ने अर्थमन्त्री विष्णु पौडेलले प्रतिवद्धता जनाएका छन् । 

नेप्लेज डटकमले लमही क्रिकेट मैदानका लागि भाषणमा बजेट कागज छैन !

  शीर्षकको समाचार प्रकाशित गरेपछि बजेट विनियोजन गराउनका लागि जनप्रतिनिधिहरु पनि लागि परेका थिए ।

दाङबाट राष्ट्रिय सभामा प्रतितिनिधित्व गर्ने अनिता देवकोटालाई नेपाल क्रिकेट संघ क्यान दाङले पहल गर्न अनुरोध गरेको थियो । क्यान दाङका अध्यक्ष प्रदीप मज्गैंयाले देवकोटाको ध्यानाकर्षण गराए पछि देवकोटाले अर्थमन्त्री पौडेलसँग कुराकानी गरेकी थिइन् ।

राष्ट्रिय सभा सदस्य देवकोटाले नेप्लेजलाई दिएको जानकारी अनुसार अर्थमन्त्री पौडेलले बजेट राख्नका लागि आफू प्रतिबद्ध भएको बताएका छन् । 

 

उनले अर्थमन्त्रीले भनेको कुरा उद्रित गर्दै भनिन् ‘अर्थमन्त्री ज्युले लमही अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट भाषणमा आफूले बोलेको र त्यही अनुसार बजेट पनि विनियोजन भएको छ । प्राविधिक कारणले युवा तथा खेलकुद मन्त्रालय बजेट उपशीर्षकगत बजेट आर्थिक बर्ष २०७८–०७९ मा छुटेको हुन सक्छ । यो सच्याउन हामी तयार छौं  ।’ 

गत बर्ष लमही क्रिकेट मैदानका लागि १ करोड बजेट विनियोजन भएको थियो ।

त्यस अनुसार केही कामहरु शुरु भए पनि सम्पन्न भइसकेका छैनन् । राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको समापनका बेला  लमही मैदानलाई डे नाइट क्रिकेट सञ्चालन गर्ने गरि पूर्वाधार निर्माणको काम थाल्ने बताएका थिए । 

भर्खरै

Advertisement