ओलम्पिक डेका अवसरमा विविध कार्यक्रम जारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०६
  • |
  • 1391 पटक हेरिएको

हाइलाइट्स

आधुनिक ओलम्पिकको स्थापना दिवसको संझनामा आयोजित ओलम्पिक डे को अवसरमा नेपाल ओलम्पिक कमिटि, स्पोर्टस् फर अल कमिसनको संयोजनमा नेपालमा पनि विविध कार्यक्रमहरुको आयोजना भई रहेको छ ।

आधुनिक ओलम्पिकको स्थापना दिवसको संझनामा आयोजित ओलम्पिक डे को अवसरमा नेपाल ओलम्पिक कमिटि, स्पोर्टस् फर अल कमिसनको संयोजनमा नेपालमा पनि विविध कार्यक्रमहरुको आयोजना भई रहेको छ ।

सोहि अन्तरगत कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेतको प्रमुख आतिथ्यता तथा प्रदेश नं. ७ का ओलम्पिक डे का अध्यक्ष दान सिंह ठकुरीमो अध्यक्षतामा अनाथाश्रम महेन्द्रनगरमा बालबालिकाहरुका लाग खाद्य सामाग्री वितरण गर्ने कार्य सम्पन्न भएको छ ।

यसै गरि नेपाल सुटिङ्ग संघको आयोजनमा सातदोवाटोस्थित सुटिङ्ग रेञ्जमा मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरियो । ४० सट टार्गेट खेलाईएको प्रतियोगितामा उत्कृष्ट हासिल गर्ने भक्तपुरकी श्रीला रायमाझीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । यस्तै अन्य सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

यस्तै धन्यन्तरी फुटसल, हाँडीगाउँमा रहेको ब्याडमिन्टन कोर्टमा ओलम्पिक डेका अवसरमा क्लब ५० नेपालको आयोजनमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितामा सहभागिहरुलाई पूर्व मन्त्री दीपक बोहराले प्रमाण पत्र वितरण गरेका थिए ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटिसंग आवद्ध राष्ट्रहरुमा विविध कार्यक्रम गरि मनाईरहेको ओलम्पिक डे नेपालमा पनि शनिबारदेखि मनाईरहेको छ । ५ दिन सम्म संचालन हुने ओलम्पिक डे देशको विभिन्न भागमा विविध कार्यक्रम गरि भव्यतापूर्वक मनाईने कार्यक्रम रहेको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey