जित्नैपर्ने दबावमा स्विटजरल्यान्ड र टर्की

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०६
  • |
  • 1201 पटक हेरिएको

हाइलाइट्स

वेल्सको हार र टर्की माथि फराकिलो जितले स्विटजल्यान्डलाइ दोस्रो स्थानमा पुर्याउनेछ । तर चार अंक जोडे उत्कृष्ट तेस्रो टिमका रुपमा नक आउट पुग्ने संभावना कायमै राख्नेछ । टर्की भने कमजोर स्थितीमा छ ।  

समुह ए को अर्को खेलमा स्विटजरल्यान्ड र टर्की भिड्दैछन् । अन्तिम १६ मा पुग्ने संभावना  जिवितै राख्न  दुवै टिमलाइ जीत आवश्यक छ ।  

बाकु ओलम्पिक स्टेडियममा हुने यो खेल पनि नेपाली समय अनुसार राती पौने दश बजेनै सुरु हुनेछ ।  स्विट टोली टर्की विरुद्ध तीन अंक जोड्ने लक्ष्यमा छन ।  

वेल्सको हार र टर्की माथि फराकिलो जितले स्विटजल्यान्डलाइ दोस्रो स्थानमा पुर्याउनेछ । तर चार अंक जोडे उत्कृष्ट तेस्रो टिमका रुपमा नक आउट पुग्ने संभावना कायमै राख्नेछ । टर्की भने कमजोर स्थितीमा छ ।  

उसले आफ्ना अघिल्ला दुवै खेलमा अंक जेड्न सकेन् । प्रशिक्षक सेनोल गुनेसले आफ्नो टोलीलाइ चमात्कारको आवश्यक रहेको बताएका छन ।  जीत हात पारे तीन अंक सहित तेस्रो स्थानमा उक्लनेछ । यसले उसलाइ उत्कृष्ट टिम बन्दै अन्तिम १६ मा जाने आश जीवीतै राख्नेछ ।

स्विस प्रशिक्षक भ्लादिमिर पेटकोभिचले , यदि टर्कीलाई हराएर समुह चरणबाटै बाहिरिन बाट जोगिने हो भने  इटाली संग बेहोरेको निराशाबाट माथि उठ्नु पर्ने चेतावनी खेलाडीलाइ दिएका छन ।

 स्विटजरल्यान्ड र टर्की प्रमुख पतियोगितामा दोस्रो पटक खेल्दैछन । यसअघि २००८ को  युरोको समुह चरणमानै स्विस टिमले टर्कीलाइ दुइ एक गोलले हराएको थियो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal