लगातार तेस्राे जितकाे लक्ष्यमा इटाली

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०६
  • |
  • 475 पटक हेरिएको

हाइलाइट्स

इटाली अघिल्ला दुइ खेलमा जीत हात पार्दै नकआउट चरण पुगिकसेको छ । रोबर्टो मान्सिनीको टोली इटालीले समुहको पहिलो खेलमा टर्की र दोस्रो खेलमा स्विटजरल्यान्डलाइ समान तीन शुन्य गोलले पराजित गरेको थियो । उसको ध्यान  वेल्सलाइ पराजित गर्दै समुह विजेता बन्ने छ ।  

युरोकप अन्तर्गत आज समुह ए का अन्तिम खेलहरु हुदैछन । ग्यारेथ बेलको टोली वल्सले शीर्ष स्थानको इटालीसंग प्रतिस्पर्धा गर्दैछ । 

इटाली अघिल्ला दुइ खेलमा जीत हात पार्दै नकआउट चरण पुगिकसेको छ । रोबर्टो मान्सिनीको टोली इटालीले समुहको पहिलो खेलमा टर्की र दोस्रो खेलमा स्विटजरल्यान्डलाइ समान तीन शुन्य गोलले पराजित गरेको थियो । उसको ध्यान  वेल्सलाइ पराजित गर्दै समुह विजेता बन्ने छ ।  

पहिलो खेलमा स्विटजल्यान्ड संग बराबरीमा रोकिएको वेल्सले दोस्रो खेलमा टर्कीलाइ हराएको थियो । वेल्सलाइ नक आउट चरण पुग्न बराबरीको नतिजा पर्याप्त हुनेछ । वेल्स कप्तान ग्यारेथ बेलले जीतकै लागि आफ्नो टोली मैदानमा उत्रने बताए । यदि यो खेलमा जीत हात पारे वेल्सका लागि ठुलो उपलब्धि हुने उनको भनाइ छ ।

कुनैपनि खेलाडीले बराबरी बारे नसोचेको पनि वेलले प्रस्ट पारे । हारले पनि वेल्स उपविजेता बन्न सक्छ । तर यदि वेल्स पराजित भयो  र  अर्को खेलमा टर्कीले स्विटजरल्यान्डलाइ फराकिलो गोल अन्तरले हरायो भने तेस्रो स्थानमा आउन सक्नेछ । यसका बाजुत पनि वेल्सको उत्कृष्ट तेस्रो हुने टोली चार मध्ये एक टोलीको रुपमा नक आउट चरण पुग्ने संभावना कायमै हुनेछ ।  

इटालियन प्रशिक्षक मान्सिनीले   वेल्स संगको खेल शारिरीक रुपमा चुनौतीपुर्ण हुने  प्रतिकृया दिएका छन । रोबर्ट पेगको टोली वेल्स प्राविधिक रुपमा पनि उत्तिकै सक्षम रहेको उनको भनाइ छ ।  इटाली २९ खेल देखी अपराजित छ । जसमा उसले दश खेलमा गोल  खाएको छैन्  ।  

यसअघि यी दुइ टिमले नौ  खेल खेल्दा सातमा इटाली र दुइमा वेल्स विजयी भएको थियो । मुख्य प्रतियोगितामा भने पहिलो पटक आमने सामने हुदैछन् । रोममा हुने यो खेल नेपाली समय अनुसार राती पौने दश बजे सुरु हुनेछ ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey