युरो २०२०मा स्पेन र पोल्याण्डले अंक बाँडे 

स्पेनका माेराटा र पाेल्याण्डका लेवान्डाेस्कीले गरे एक एक गाेल

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-०६
  • |
  • 818 पटक हेरिएको

युरो २०२० मा स्पेन र पोल्याण्डले अंक बाँडेका छन् ।

शनिबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै समूह ईमा एक एक अंक थपेका हुन् । 

समूह ईमा स्वीडेन चार अंकसहित शीर्ष स्थानमा रहँदा स्लोभाकिया तीन अंकसहित दोस्रो स्थानमा छ । 

Image

स्पेन भने लगातार दोस्रो खेलमा बराबरीमा रोकिए पछि प्रि क्वाटरफाइनल पुग्ने सम्भावना कम्जोर देखिएको छ ।

यसैगरी पोल्याण्डले पहिलो अंक लिन सफल भयो ।

शनिबार राति स्पेनले एक गोलको अग्रता जोगाउन नसक्दा पोल्याण्डसँग अंक बाँड्न बाध्य बन्यो ।

२५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई शुरुआती अग्रता दिलाएका थिए ।

उनले जेराड मोरेनाको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा गोल थप्न सकेन भने उल्टै एक गोल खान पुगेको थियो ।

५४ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि पोल्याण्ड खेलमा फर्किएको थियो । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey