जर्मनीविरुद्ध पाेर्चुगलकाे खराव रेकर्ड, राेनाल्डाेकाे कीर्तिमान, जर्मनीकाे फराकिलाे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०५
  • |
  • 1229 पटक हेरिएको

हाइलाइट्स

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कपमा नयाँ इतिहास बनाएका छन । उनले जर्मनीविरुद्धको खेलमा गोल गर्दै युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन भने विश्वकप र युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको शिर्ष  स्थानमा रहेका मिरोस्लाभ क्लोससँग बराबरी गरेका छन । उनले युरो कपमा गोलको संख्या १२ पुर्याएका छन भने विश्व कप र युरोकपमा कुल गोल संख्या १९ पुर्याएका छन । 

साविक विजेता पोर्चुगलले जारी युरो कपमा पहिलो हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगल पूर्व विश्व विजेता जर्मनीसँग चार दुईले पराजित भयो । 

घरेलु मैदान म्युनिखमा भएको खेलमा पोर्चुगलले सुरुवाती एक गोलको अग्रता जोगाउन सकेन । खेलको छैटौं मिनेटमा सेर्गी गेनार्बीले गोल गरेपनि त्यसलाई अफसाइड दिइयो । खेलको १३ औं मिनेटमा थोमस मुलरको प्रहारलाई पोर्चुगलका गोलकिपरले बचाए । 

खेलको १५ औं मिनेटमा पोर्चुगलले खेलमा अग्रता बनायो । उसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरे । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कपमा नयाँ इतिहास बनाएका छन । उनले जर्मनीविरुद्धको खेलमा गोल गर्दै युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन भने विश्वकप र युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको शिर्ष  स्थानमा रहेका मिरोस्लाभ क्लोससँग बराबरी गरेका छन । उनले युरो कपमा गोलको संख्या १२ पुर्याएका छन भने विश्व कप र युरोकपमा कुल गोल संख्या १९ पुर्याएका छन । 

यसअघि यो रेकर्ड जर्मनीका मिरोस्लाम क्लोसको नाममा रहेको थियो । यसका साथै उनको यो देशका लागि एक सय सातौं गोल हो । उनी देशका लागि धेरै गोल गर्ने खेलाडीको शिर्ष स्थामा रहेका अली डेई भन्दा मात्र दुई गोलले पछाडी रहेका छन । 

१७ औं मिनेटमा जर्मनीले अर्को राम्रो मौका खेर फाल्यो । उसका रोबेन गोसेनले बाँया खुट्टाले प्रहार गरेको बल सहि दिशामा रहन सकेन । खेलको ३४ औं मिनेटमा जर्मनीले खेल बराबरी गर्न सफल भयो । उसले उपहार गोलमा बराबरी गर्न सफल भयो । उसका रुबेन डियासले बल क्लियन गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरे । 

खेलको ३८ औं मिनेटमा जर्मनीले खेल तीन एकमा पुर्यायो । यसपटक पनि उसले उपहार गोल नै पायो । पोर्चुगलका रफायल गुइरेरोले डिबक्समा बल क्लियर गर्न खोज्दा आफ्नो पोष्टमा गोल गरे । पहिलो हाफको इन्जुरी समयमा पोर्चुगलले अर्को राम्रो मौका गुमायो।

युरो कप र विश्वकपमा एकै खेलमा दुई आत्मघाती गोल गर्ने पहिलो टिम बनेको छ । 

पहिलो हाफमा दुई एकको अग्रता बनाएको जर्मनीले खेलको ५० औं मिनेटमा तीन एकको बढत बनायो । रोबेन गोसेन्सको पासमा केई हाभेर्ट्जले गोल गर्न सफल भए । 

त्यसपछि ६० औं मिनेटमा जर्मनीले पोर्चुगलको पोष्टमा चौथो गोल गर्यो । जोउस्वा किमिचको क्रसमा रुबेन गोसेन्सले हेडर गोल गरे । तीन गोलले पछि परेको पोर्चुगलले ६६ औं मिनेटमा पोर्चुगलले गोल गर्दै खेल चार दुईको अवस्थामा पुर्यायो । उसका लागि डिएगो जोटाले गोल गर्ने सफल भए । पोर्चुगलले गरेका पछिल्ला १० खेलमा जोटा नौ गोलमा सहयोगी बनेका छन । उनले सात गोल गरेका छन भने तीन एसिस्ट गरे । 

त्यसपछि दुबै टिमबाट थप गोल हुने सकेन र जर्मनी चार दुईले विजयी भयो । यो जितपछि जर्मनीको दुई खेलमा तीन अंक भएको छ । यता पोर्चुगलको पनि तीन अंक छ । यो हारपछि पोर्चुगल र जर्मनी दुबैलाई नकआउट चरणमा पुग्न जित्नेपर्ने देखिएको छ । अब समुहको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग खेल्नेछ भने जर्मनीले हंगेरीसँग प्रतिस्पर्धा गर्नेछ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal