युरो २०२० : ग्रिजम्यानको गोलले फ्रान्सलाई राहत 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-०५
  • |
  • 627 पटक हेरिएको

युरो २०२० मा फ्रान्स र हंगेरीले एक एक गोलको बराबरी खेलेका छन् ।

भर्खरै सकिएको खेलमा एक गोलले पछि परेको फ्रान्सलाई ग्रिजम्यानले दोस्रो हाफमा गोल गर्दै बराबरीमा ल्याएका थिए ।

बुढापेस्टमा भएको खेलमा घरेलु टोली हंगेरीले पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा एटिला फोइलाले गोल गर्दै अग्रता दिलाएका थिए । बल पासेसनमा फ्रान्स अघि देखिए पनि रोलान्ड सालेइको पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा फ्रान्सले गोल फर्काउन निकै प्रयास गरे पनि ६६ औं मिनेट कुर्नु परेको थियो ।

६६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेपछि फ्रान्स खेलमा फर्किएको थियो । दुवै टिमले एक एक गोलको बराबरी खेल्दै एक एक अंक लिएपछि समूह एफमा चार अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ भने एक अंक जोडेको हङगेरी तेस्रोे स्थानमा रहेको छ ।

यो समूहमा रहेका पोर्चुगल र जर्मनीबीच पौने १० बजे खेल हुँदै छ । पोर्चुगल तीन अंकसहित दोस्रो स्थानमा रहँदा जर्मनीले खाता खोल्न सकेको छैन । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey