न्यूजिल्याण्ड टस जितेर बलिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०५
  • |
  • 668 पटक हेरिएको

विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा भारत र न्यूजिल्याण्ड आमनेसामने भइरहेका छन । पहिलो दिनको खेलमा बर्षाका कारण टसपनि हुन नसकेको खेलको दोस्रो दिन टस भएको छ । जसमा न्यूजिल्याण्डले पहिले बलिङ गर्ने निर्णय गरेको छ । 

न्यूजिल्याण्डले टिममा चार जना तिब्रगतिका बलरलाई राखेको छ । जसमा टिम साउथी, बोल्ट, निल वाग्रर र काईल जामिसन रहेका छन । 

भारतले विहिबार नै सुरुवाती ११ सार्वजनिक गरेको थियो । सोहि टिमलाई उसले खेलाएको छ । 

भारतको सुरुवाती ११ : रोहित शर्मा, सुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), ईशान्त शर्मा, अजिक्या रहाने, ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, जस्प्रित बुमराह,  र मोहम्मद शामी 

न्युजिल्यान्डको सुरुवाती ११ : केन विलियम्सन (कप्तान), निल वाग्रर, बिजे वाटलिङ (बिकेटकिपर), ट्रेन्ट बोल्ट, डेभन कन्वे, कोलिन डि ग्रान्डहोम, म्याट हेनरी, काईल जामिसन, टम लाथम, टिम साउथी, रस टेलर

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey