मृगौला पीडितलाई सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०५
  • |
  • 894 पटक हेरिएको

हाइलाइट्स

मृगौला रोगबाट पीडित फुलमाया तामाङलाई आर्थिक सहयोगका साथै खाद्यान्न राहत स्वरुप शनिबार प्रदान गरिएको छ ।

काठमाडौं, असार ५ गते । मृगौला रोगबाट पीडित फुलमाया तामाङलाई आर्थिक सहयोगका साथै खाद्यान्न राहत स्वरुप शनिबार प्रदान गरिएको छ ।

तेक्वान्दो प्रशिक्षक एवं निर्णाक अशोक खड्को पहलमा आर्थिक समस्यामा परेकी पीडित तामाङलाई सहयोग गरिएको हो । ललितपुरको कुपण्डोलस्थित ज्वागल १० मा डेरा गरी बस्दै आएकी पीडितलाई ५ हजार नगद र २ हजार ७ सय रुपैयाँ बराबरको खाद्यान्न राहत स्वरुप प्रदान गरिएको थियो

तामाङ विगत ४ वर्षदेखि मृगौलाको उपचार गराइ रहेकी छन् । खड्काले निवासमै पुगेर राहत वितरण गरे । यसअघिको लकडाउनका बेला पनि तामाङ परिवारलाई खड्काकै पहलमा राहत स्वरुप खाद्यान्न प्रदान गरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal