बिराटनगर सिटी एफसीद्वारा भुटानकाे पाराे क्लवसँग फुटबल विकाशका लागि सम्झाैता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०५
  • |
  • 1485 पटक हेरिएको

हाइलाइट्स

भुटानको सफल क्लवमा पर्ने पारो एफसीसँग नयाँ सम्बन्धलेस फुटबलको स्तरमा विकाश हुने विश्वास विराटनगर सिटी एफसीले बताएको छ । 

नेपाल सुपर लिग खेल्ने टिम विराटनगर सिटी एफसीले भुटानको पारो एफसीसँग सम्बन्ध अगाडी बढाउने भएको छ । यसका लागि विराटनगर सिटी एफसीले पारो एफसीसँग सम्झौता गरेको छ । 

भुटानको सफल क्लवमा पर्ने पारो एफसीसँग नयाँ सम्बन्धलेस फुटबलको स्तरमा विकाश हुने विश्वास विराटनगर सिटी एफसीले बताएको छ । 

पहिलो संस्करणको एनएसएलमा विराटनगरले लिग चरणमा नै चिक्त बुझाउनु परेको थियो । 

सम्झौता एक बर्षको रहेको छ । सम्झौता अनुसार टेक्निकल सहकार्यका साथै खेलाडी एक्सचेन्ज पनि गर्न सकिने र नेपालमा हुने कुनै प्रतियोगितामा पारो एफसीलाई सहभागिताका लागि आमन्त्रण गर्न सकिने विराटनगर सिटी एफसीका निर्देशक सुवासिस कोइरालाले बताए । 

उनले यो सम्झौताले क्लवको मात्र होइन, नेपाली फुटबलमा पनि राम्रो सहयोग हुने बताए । साथै उनले सम्झौता अहिलेका लागि एक बर्षको रहेपछि भविष्यमा दुबै क्लवको सहमतिमा बढाउन सकिने बताए । 

दुई क्लवको सहमतीमा प्रशिक्षणका साथै टेक्निकल सहयोग आदनप्रदान हुने र यसले राम्रो फाइदा पुग्ने आशा रहेको नेप्लेजलाई बताए । 

पारो एफसीले सन् २०१९ मा भुटान प्रिमियर लिगको उपाधि जितेको थियो भने २०१८ मा उपविजेता बनेको थियो । यस्तै २०२० मा एएफसी कपको पहिलो चरणको छनौट खेल खेलेको थियो । जसमा श्रीलंकाको डिफेन्डर्सलाई पाँच पाँच गोलमा रोकेको थियो भने बैंग्लुरु एफसीसँग १०–१ ले पराजित भएको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey