नकआउट चरणमा स्थान बनाउने लक्ष्यमा फ्रान्स

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०५
  • |
  • 1596 पटक हेरिएको

हाइलाइट्स

पहिलो खेलमा पोर्चुगलसँग तीन शुन्यले हारेको हंगेरी भने फ्रान्सलाई सरप्राइज दिने लक्ष्यमा छ । जसमा उसका प्रशिक्षक मार्को रोसीपनि विश्वस्त रहेका छन । 

युरोकप फुटबल अन्तगर्त शनिबारको पहिलो खेलमा फ्रान्सले हंगेरी आमनेसामने हुनेछन । यो खेल नेपाली समय अनुसार राती पौने सात बजे पुस्कास एरिनामा हुनेछ । 

पहिलो खेलमा जर्मनीलाई एक शुन्यले हराएको फ्रान्सले आजको खेल जितेको खण्डमा नकआउट चरणको यात्रा पक्का गर्नेछ । फ्रान्स टिमका प्रशिक्षक डेस्च्याम्पले हंगेरीविरुद्धको खेलमा जित्नमा विश्वस्त रहेको बताएका छन । विश्व विजेता फ्रान्स युरो कपको पनि प्रबल उपाधि दावेदार टिम हो । 

पहिलो खेलमा पोर्चुगलसँग तीन शुन्यले हारेको हंगेरी भने फ्रान्सलाई सरप्राइज दिने लक्ष्यमा छ । जसमा उसका प्रशिक्षक मार्को रोसीपनि विश्वस्त रहेका छन । 

केलियन एम्बाप्पे, करिम बेन्जिमा जस्ता शसक्त स्ट्राइकर भएको फ्रान्सको आक्रमणलाई रोक्नका लागि हंगेरीको टिमलाई चुनौती भने हुनेछ । 

यी दुई टिम मुख्य प्रतियोगिता दुई पटक खेल्दा दुबै पटक फ्रान्स विजयी भएको छ । फ्रान्स सो जितको लयलाई कायम राख्न चाहन्छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey