नेपाल फर्किए फुटबल प्रशिक्षक अल्मुताइरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०५
  • |
  • 1837 पटक हेरिएको

हाइलाइट्स

अल्मुताइरी शनिबार विहान काठमाडौं पुगेका हुन । कुवेतमा भएको विश्वकप छनौटको समुह बी को खेलहरु सकिएपछि अल्मुताइरी केहि दिनका लागि परिवारसँग बसेका थिए । 

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन । इराकसँगको मैत्रीपुर्ण खेल र फिफा विश्वकप छनौट खेलेर टिम नेपाल फर्किदा अल्मुताइरी केहि दिन छुट्टीमा स्वदेशमा नै बसेका थिए । 

अल्मुताइरी शनिबार विहान काठमाडौं पुगेका हुन । कुवेतमा भएको विश्वकप छनौटको समुह बी को खेलहरु सकिएपछि अल्मुताइरी केहि दिनका लागि परिवारसँग बसेका थिए । 

अब अल्मुताइरी आएपछि एशियन कप छनौट, साफ च्याम्पियनसिपको तयारीका लागि केहि योजनाहरु बनाउनेछन । त्यो दुबै प्रतियोगिता खेल्न जानु अगाडी नेपाललाई मैत्रीपुर्ण खेलका लागि योजना बनाउने एन्फाको तयारी छ । 

प्रशिक्षक आएपछि केहि दिन आराम गरेर त्यसपछि सेप्टेम्बरमा हुने भनिएको साफ च्याम्पियनसिपको तयारीमा लाग्ने बताइएको छ । विश्वकप छनाैटमा नेपालले तीन खेलमा दुई मा हार र एकमा जित निकाेलेकाे थियाे । नेपालले चाइनिज ताईपेईसँग दुई शुन्यकाे जित निकाल्दा जाेर्डन र अष्ट्रेलियासँग तीन तीन शुन्‍यकाे हार ब्यहाेरेकाे थियाे । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal