खेलकुद विकाश नियमावलीमा खेलाडी कल्याणकारी काेष नराखेकाे भन्दै खेलाडी संघकाे ध्यानाकर्षण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०४
  • |
  • 755 पटक हेरिएको

हाइलाइट्स

एनएनआइपीएले राष्ट्रिय खेलकुद विकास नियमावलीमा यस्तो गम्भिर त्रुटी किन भयो र यसलाई कार्यान्वयन हुनुपर्ने बताएको छ । 

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को खेलकुद विकाश नियमावलीमा राष्ट्रिय खेलाडी कल्याणकारी कोष नियमावली २०६८ अनुसार कोषको स्थापना गरिएको नपाइएको भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले युवा तथा खेलकुद मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

एनएनआइपीएले राष्ट्रिय खेलकुद विकास नियमावलीमा यस्तो गम्भिर त्रुटी किन भयो र यसलाई कार्यान्वयन हुनुपर्ने बताएको छ । 

सो कोषले समग्र खेल जीवनसँग सम्बिन्धित खेलाडीको हकहित संरक्षण गर्ने, खेलाडीको खेल प्रतिको भावनालाई जागरुक बनाउने, उत्साहित तुल्याउने र राष्ट्रप्रति खेलाडीको समर्पण जगाउने काम गरेको बताएको छ । साथै सो कोषले खेलाडीको कल्याणका लागि सहयोग गर्ने पनि बताएको छ । 

खेलकुद नियमावलीमा प्रारम्भिक मस्यौदामा यो ब्यवस्था हुनुपर्ने बताएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey