Mega Bank

आयरल्याण्ड्सका केभिन ओब्राइनले एकदिवसिय क्रिकेटबाट सन्यासकाे घाेषणा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-०४
  • |
  • 350 पटक हेरिएको

हाइलाइट्स

आयरल्याण्डका लागि एकदिवसिय क्रिकेटमा एक सय ५३ खेल खेलेका उनलेस तीन हजार ६ सय १९ रन बनाउनुका साथै एक सय १४ विकेट लिएका थिए ।

आयरल्याण्डका अलराउण्डर केभिन ओब्राइनले एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । सन् २०११ को विश्वकपमा इंग्ल्याण्डलाई हराउँदा सनसनी तरिकाले शतक बनाएका केभिनले टी २० क्रिकेटमा मात्र केन्द्रित हुने भन्दै एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन । 

आयरल्याण्डका लागि एकदिवसिय क्रिकेटमा एक सय ५३ खेल खेलेका उनलेस तीन हजार ६ सय १९ रन बनाउनुका साथै एक सय १४ विकेट लिएका थिए । यसका सथौ उनलेस देशका लागि तीन टेष्ट खेल खेलेका छन । नेपालमा पनि एभेरेष्ट प्रिमियर लिग खेल्न आएका ३७ बर्षे केभिन आयरल्याण्डका लागि एकदिवसिय क्रिकेटमा धेरै रन बनाउने खेलाडी हुन । 

यस्तै उनी देशका लागि एकदिवसिय क्रिकेटमा धेरै विकेट लिने खेलाडी पनि हुन । देशका लागि १५ बर्ष खेलेका केभिनले एकदिवसिय क्रिकेटबाट सन्यास लिने सहि समय भएको बताएका छन । सन् २००६ मा राष्ट्रिय टिमबाट डेब्य ुगरेसका उनले आयरल्याण्डको सफल खेलाडी पनि हुन । 

भर्खरै

Advertisement