आईसीसी विश्वकप लिग २ को बन्द प्रशिक्षणमा २० खेलाडी समावेश, शरद र पृथुलाई बोलाइयो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०४
  • |
  • 2069 पटक हेरिएको

हाइलाइट्स

आइतबारबाट सुरु हुने बन्द प्रशिक्षणमा डेढ बर्षपछि क्याम्पमा कमब्याक गरेका छन । यस्तै पृथु बास्कोटापनि करिव एक बर्षपछि राष्ट्रिय टिमको क्याम्पमा परेका छन । शरदले नेपालमा नै भएको आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल र ओमानविरुद्धको एकदिवसिय सिरिजपछि टिममा परेका थिएनन् । 

स्पेनमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु को तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा रहने खेलाडीको नामावली सार्वजनिक गरेको छ । जसमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । 

आइतबारबाट सुरु हुने बन्द प्रशिक्षणमा डेढ बर्षपछि क्याम्पमा शरद भेषवाकरले कमब्याक गरेका छन । यस्तै पृथु बास्कोटापनि करिव एक बर्षपछि राष्ट्रिय टिमको क्याम्पमा परेका छन । शरदले नेपालमा नै भएको आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल र ओमानविरुद्धको एकदिवसिय सिरिजपछि टिममा परेका थिएनन् । 

सो सिरिजमा कम्मरको समस्याका कारण टिम बाहिर भएका उनी त्यसपछि ब्यक्तिगत कारणले क्याम्प बाहिर रहेका थिए । 

प्रशिक्षक डेभ ह्वाटमोरले छनौट गरेको टिममा पारस खड्कापनि फर्किएका छन । यसअघि नेपालमा नै भएको त्रिदेशीय टी २० क्रिकेट प्रतियोगितामा उनले चोटका कारण अन्तिम समयमा नाम फिर्ता लिएका थिए । टिममा रोहित पौडेल भने परेका छैनन् । घरेलु प्रतियोगितामा खासै राम्रो गर्न नसकेका रोहित पछिल्लो पटक खराव फर्मबाट गुर्जिएका रोहित यसपटक सुरुवाती सूचीमा पनि परेका छैनन् । 

जुलाईको अन्तिम साता हुने भनिएको त्रिकोणात्मक सिरिजका लागि क्याम्पमा बोलाइएका खेलाडीको सूचीमा खेलाडी यसप्रकार रहेका छन । 

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आसिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दिप जोरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफर पृथु बास्कोटा

नेपाली क्रिकेट टिमले नेपालमा नै बन्द प्रशिक्षण गरेर बैदेशिक प्रशिक्षणका लागि जाने तयारी गरेको छ । तर कुन देश जाने भन्ने टुंगो भने लागेको छैन । यसका लागि क्यानले विभिन्न देशसँग प्रयास गरिरहेको छ । 

टी-२० सिरिजका लागि टोलीमा समावेश नभएका पवन सराफले वानडेमा अवसर पाएका छन् । बन्द प्रशिक्षणमा साहब आलमले पनि पहिलो पटक मौका पाएका छन् । तीव्र गतिका बलर विक्रम सोबले पनि टोलीमा स्थान बनाएका हुन् ।

विश्वकप लिग-२ अंकतालिकाको शीर्ष ३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey