खेलकुद महासंघको अभियान जारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०४
  • |
  • 1293 पटक हेरिएको

हाइलाइट्स

महासंघले नेपाल प्रहरीका साथै पत्रकारहरुलाई पुनः स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नेपाल खेलकुद महासंघले कोभिड नो भिड भन्ने नाराका साथ अघि सारेको कोरोना महामारी रोकथामको अभियानलाई जारी राखेको छ ।

सोही अभियान अन्तरगत फ्रन्ट लाइनमा रहेर कार्यगर्ने विभिन्न निकायलाई सहयोग गर्दै आईरहेको छ । त्यही क्रममा महासंघले नेपाल प्रहरीका साथै पत्रकारहरुलाई पुनः स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड नो भिड अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको निर्देशन अनुरुप महासंघले पत्रकार महासंघ झापा र रङ्गेली ईलाका प्रहरी कार्यालय, उर्लाबारी ईलाका प्रहरी कार्यालय र ईटहरी ईलाका प्रहरी कार्यालयलाई ८ हजार मास्क र ४ लिटर स्यानिटाईजर सहयोग गरेको हो ।

सहयोग स्वास्थ्य सामाग्री केन्द्रिय सचिव सन्तोष वान्तवा, केन्द्रिय सचिव बासु नेपाल, स्थाई कमिटि सदस्य सान्तोषी श्रेष्ठ, स्थाई कमिटि सदस्य सुरेश कार्की, मोरङ्ग सम्योजक सुरज श्रेष्ठ र बिराटनगर नगर सचिव प्रतापसिंह कार्कीको उपस्थितीमा सम्वन्धित संस्थाका प्रतिनिधीलाई हस्तान्तरण गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey